फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकी राजनीतिज्ञहरूको झुटको खेती

(GMT+08:00) 2020-05-09 20:43:33

मेइ ७ तारिख अस्ट्रलियाको "सिड्नी मर्निङ हेराल्ड"नामक समाचार पत्रले एउटा अमेरिकाले भन्दै आएको कोभिड १९ भाइरस वुहान प्रयोगशालाबाट चुहावट भएको भनाइलाई अस्ट्रेलियाले स्वीकार नगर्ने शीर्षकमा समाचार सार्वजनिक गरेको छ। सो लेखले मेइ २ तारिख अस्ट्रलियाको दैनिक दूरसञ्चार समाचार पत्रबाट आएको लेखमा लेखिएको पाँच आँखा एलायन्सका अनुसार भाइरस वुहान प्रयोगशालाबाट चुहावट भनाइको खणडन गरेको थियो। जुन झुटो बिषय क्यानबेरास्थित अमेरिकी दुतावासका एक जना कुटनीतिज्ञले निश्चित मिसनका रुपमा केही मिडियामार्फत सार्वजनिक गरेका थिए र अस्ट्रेलियाली सरकार तथा खुफिया एजेन्सीले विश्वास नगरेको कुरा उपर्युक्त समाचारमा लेखिएको छ।

उत्तरी जर्मन रेडियो तथा टेलिभिजनले मे ७ तारिख एउटा समाचार प्रसारण गर्दै जर्मन संघीय खुफिया एजेन्सीले पाँच आँखा एलायन्सको सदस्य मुलुकको खुफिया एजेन्सीलाई भाइरस प्रयोगशालाबाट चुहावटका बारेमा भनेको र त्यस बारेमा कुनै प्रमाण नभएको जवाफ पाएको कुरा सार्वजनिक गरेको थियो। जर्मन मिमर समाचार पत्रले मे ८ तारिख सार्वजनिक समाचारमा जर्मन राष्ट्रिय सुरक्षा मन्त्री एनेग्रेट क्रैम्प-कररेन बाउरले पाएको एउटा आन्तरिक रिपोटमा अमेरिकी सरकारद्वारा आफ्नो गैरजिम्मेवार भई आम नागरिकहरूको बागेबाट बच्न चीनमाथि दोष लगाएको उल्लेख छ।

जानकारी तथा लेखहरु