फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकी राजनीतिज्ञहरु चीनको मे ४ सिद्धान्त जथाभावी बङ्ग्याउँदै

(GMT+08:00) 2020-05-10 16:23:13

अमेरिकी राष्ट्रपतिका राष्ट्रिय सुरक्षा मामिला सम्बन्धी उप सहायक माथेउ पोटिङगरले भर्जिनिया विश्वविद्यालयको मिलर केन्द्रलाई चिनियाँ भाषाद्बारा सम्बोधन गर्दै मे ४ सिद्धान्तलाई सार्वजनिक अधिकारको प्रतिरोध गर्ने लोकप्रियताको रुपमा बंग्याएर चीनको विकास हुने बाटोमाथि हिरो छ्याप्नु भएको छ।

पोटिङगरको बिगतको राजनीतिक जीवनको पुन:सिंहावलोकन गर्दा उहाँको विचारधारामा निकै बढी भेदभाव र शीतयुद्धको विचार सजिलैसँग देख्न पाइन्छ। चीन र अमेरिका बीचका शृंखलाबद्ध वाद-विवादमा उहाँको सहभागिता हुँदै आएको छ। नयाँ कोरोना महामारी देखा परेयता नयाँ कोरोना भाइरसलाई बदनाम गर्ने र विश्व स्वास्थ्यलाई पूँजी सहायता बन्द गर्ने अनेकन घटनामा उहाँको भनाइ र गराइ जताततै देख्न पाइन्छ। गत मार्च महिनामा पोटिङगरले अमेरिकाका लागि चिनियाँ सञ्चार-माध्यमका प्रतिनिधि ठूलो मात्रामा कटौती गर्न प्रेरणा दिँदै चीन र अमेरिका दुवै देश बीचको बौद्धिक र सांस्कृतिक आदान-प्रदानमा निकै ठूलो अवरोध ल्याउनु भएको थियो।

चीनका सर्वोच्च नेताले धेरैपटक ब्याख्या गर्नुभएको जस्तै मे ४ आन्दोलन सम्राट र सामन्ती विरुद्ध महान देशप्रेमी क्रान्तिकारी आन्दोलन रहेको, चिनियाँ जनताले राष्ट्रलाई जोखिम अवस्थाबाट बचाउन, चीन राष्ट्रको सम्मानको संरक्षण गर्न र जनताको शक्तिलाई एकबद्ध पार्नका लागि आयोजना गरेको महान सामाजिक क्रान्तिकारी आन्दोलन हो। यो आन्दोलनलाई नयाँ विचारधारा, नयाँ संस्कृति र नयाँ ज्ञानविज्ञानको प्रचार-प्रसार गर्ने महान सांस्कृतिक आन्दोलन मानिन्छ। मे ४ सिद्धान्त पोटिङगरले चर्चा गरेको तथाकथित लोकप्रियता होइन, बरु त्यसको केन्द्रीय सिद्धान्त देशप्रेमी भावना रहेको छ।

अमेरिकी राजनीतिज्ञहरूले जसरी यसो उसो गरे तापनि अमेरिका सरकारको निकै कमजोर कदमबाट अधिकांश निर्दोष नागरिकले ज्यान गुमाएको दुखित तथ्य लुकाउन सकेका छैनन्।

जानकारी तथा लेखहरु