फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अफ्रिकाकी मुलुकहरु महामारीमा आर्थिक विकासको उपाय खोज्दै

(GMT+08:00) 2020-05-10 17:00:48
मे ८ तारिखसम्मको अफ्रिका रोग नियन्त्रण केन्द्रको तथ्याङक अनुसार अफ्रिकाका ५३ वटा मुलुकमा कोभिड १९ भाइरसबाट संक्रमितहरूको संख्या ५४ हजार ४ सय ३४ पुगेको छ। ती मुलुकहरूमध्ये उत्तरी अफ्रिका र पश्चिमी अफ्रिकाको संख्या सबभन्दा ठूलो रहेको छ।

महामारीबाट अफ्रिकाको पर्यटन व्यवसाय गम्भीररूपमा प्रभावित भएको छ। पर्यटन व्यवसायले अफ्रिकी आर्थिक विकासमा १ खर्ब ६९ अर्ब अमेरिकी डलर योगदान दिएको छ। यो अफ्रिकाको जीडीपीको ७.१ प्रतिशत पुगेको छ र २ करोड ४६ लाख वटा रोजगारी पद उपलब्ध गराएको छ।

महामारीमा परी अफ्रिकाका केही मुलुकको खाद्यान्न अभाव छ। सहारादेखि दक्षिणतिरको दक्षिण अफ्रिकी क्षेत्रमा लगभग २३ करोड ९० लाख मानिस खाद्यान्न समस्यामा छन्।

केन्याको राजधानी नैरोबीका धेरै नागरिकहरूले महामारीको रोकथाम कार्यलाई उपेक्षा गरी सपिङ मलमा संगठित भई भिडभाड गरेका छन्। सपिङ मलहरूमा भउको भिडभाडलाई नरोकेमा मलनै बन्द गराउने चेतावनी नैरोबीको स्वास्थ्य मन्त्रालयले दिएको छ।

जानकारी तथा लेखहरु