फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ज्यानमाथि खेलवाड गरिरहेका अमेरिकी राजनीतिज्ञहरु

(GMT+08:00) 2020-05-11 20:55:32

《न्यूयोर्क टाइम्स》ले हिजो दश तारिख एक सूचना सार्वजनिक गरेअनुसार एफबीआई र होमल्याण्ड सुरक्षा विभागले एक सार्वजनिक चेतावनी प्रकाशित गर्ने तयारी गरिरहेका छन्। यस चेतावनी अनुसार चिनियाँ ह्याकरले अमेरिकाद्वारा कोभिड-१९ खोपको विकास तथा अनुसन्धान र कोभिड-१९को उपचार उपायमा पाइएको उपलब्धि चोर्न खोजिरहेका छन्।

केही अमेरिकी राजनीतिज्ञहरुले चीनमाथि कालो पोत्ने बाटोमा झन् झन् प्रयास गरिरहेका देखिन्छन् भने झन् झन् बढी जनताले झूठ बारेका अनुभूतिहरू 'रिफ्रेस' गरेका छन्। यी गतिविधिबाट उनीहरुमा खोपको विकास तथा अनुसन्धानमा चीनद्वारा प्राप्त उपलब्धिले अमेरिकालाई उछिन्ने चिन्ता अभिव्यक्त भएको छ।

हाल युरोपेली संघको नेतृत्वमा रहेको कोभिड-१९ महामारीको सामना अन्तर्राष्ट्रिय दातृसम्मेलनमा विभिन्न पक्षले कोभिड-१९ खोपको विकास तथा अनुसन्धानका लागि सक्रिय रुपमा ७अर्ब ४०करोड यूरो जम्मा गरेका छन्। सारा विश्वको पहिलो विकसित मुलुकको रुपमा अमेरिकी सरकारले सहभागी नभएर एक पैसा पनि दिएको छैन। अमेरिकाका भूतपूर्व स्वास्थ्य पदाधिकारी कर्निंग डाइकका अनुसार अमेरिकी सरकारले यस्तो महत्वपूर्ण ग्लोबल संकट प्रतिक्रिया सम्मेलनमा अनुपस्थित भएकोमा निन्दा गरेका छन्।

वास्तविकता छ:कोभिड-१९ सम्बन्धी सूचनाको प्रतिवेदन गर्ने सबैभन्दा प्रारम्भिक मुलुकको रुपमा चीनले यस भाइरसको खोपको अनुसन्धान तथा विकास सहयोगमा सधैं खुल्ला धारणा लिँदै आएको छ। महामारी फैलिएपछि चीनले पहिलो समयमै विश्वका विभिन्न मुलुकसँग भाइरस सम्बन्धी सूचना शेयर गरेको छ। चीनले कोभिड-१९ खोपको अनुसन्धान तथा उपचारमा स्थिर रुपमा विश्वको सबैभन्दा अग्रस्थानबाट प्रयास गरिरहेको छ। चीनले ह्याकरका माध्यमबाट अमेरिकी सूचनाको चोर्न जरूरी छैन।

जानकारी तथा लेखहरु