फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सी चिनफिङलाई आमाले सिकाएको शिक्षा प्रसङ्गमा नेपाली श्रोताको प्रतिक्रिया

(GMT+08:00) 2020-05-13 10:13:37

चिनियाँ अन्तर्राष्ट्रिय रेडियो सीआरआईको वेभसाइटमा प्रकाशित चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङकी आमाको प्रसङ्गमा सीआरआईका पुराना श्रोता राजेन्द्र पहाडीले भिडियो मार्फत् गहन प्रतिक्रिया व्यक्त गर्नु भएको छ। आफ्नो प्रतिक्रियामा उहाँले नेतृत्व क्षमता र विकासको सन्दर्भमा वर्तमान चिनियाँ राष्ट्राध्यक्ष सीलाई आफ्नी आमाले कसरी मार्गदर्शन र प्रेरणा दिनु भएको थियो भन्ने कुराले महत्व राख्ने बताउनु भएको छ। वर्तमान राष्ट्राध्यक्ष सीलाई बाल्यकालमा आमाले पाँचवटा प्रसङ्गबाट मुलुकको सेवा गर्ने, आफ्ना नागरिकको सेवा गर्ने, देशप्रेमको भावना, गरिबी निवारण र चिनियाँ विशेषतायुक्त समाजवाद निर्माण गर्नका लागि कसरी अगाडि बढ्न सिकाउनु भएको थियो। यसले वर्तमान विश्वलाई शिक्षा र पाठ प्रदान गर्दछ।

अहिले चीनले हासिल गरेको प्रगति र विकासमा राष्ट्राध्यक्ष सीको नेतृत्वबाट विश्वका अरु राष्ट्रले पनि सिक्न सक्ने भन्दै पहाडीले भन्नु भएको छ 'नेता भनेको धनसम्पत्ति कमाउन होइन नागरिकको सेवा, मुलुकको विकास र सर्वोपरि हितका लागि हुनुपर्छ। यो शिक्षा विश्वले लिने हो भने विश्वशान्ति र विकासमा नयाँ आयाम थपिनेछ।'

कोभिड १९ नियन्त्रणमा चीनले प्राप्त गरेको सफलताबाट विश्वले लाभ प्राप्त गर्न सक्ने विचार पनि पहाडीले भिडियो सन्देशमा दिनु भएको छ। चिनियाँ राष्ट्राध्यक्ष सीले विश्वलाई एक भएर कोभिड १९ विरुद्ध लड्न आह्वान गर्नु भएको स्मरण गर्दै विश्वमा सबैले एकतावद्ध भएर भाइरस विरुद्धको युद्धमा सहभागी भएमा चाँडै नै जित हासिल गर्ने विचार पनि उहाँले व्यक्त गर्नु भएको छ।

जानकारी तथा लेखहरु