फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

महामारीप्रति अमेरिकी राजनीतिज्ञले आत्मग्लानी गर्नुपर्ने एक विद्वानको भनाइ

(GMT+08:00) 2020-05-13 18:56:25

"अमेरिकी नेताले स्वदेशी जनता मात्र नभई विश्वका अन्य मुलुकका जनताको मृत्युको जिम्मेवारी वहन गर्नुपर्छ।"हालै अमेरिकी प्रसिद्ध विज्ञ नोम चोम्स्कीले सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा उक्त कुरा बताउनुभएको हो। उहाँका अनुसार अमेरिकीहरुका लागि गरेको आपराधिक गतिविधिलाई पन्छाउनका लागि अमेरिकी नेताले सधैं नै यो गल्तीलाई महसुस गर्नुपर्ने देखिन्छ।

विश्वमा एउटै मात्रै सुपर विकसित मुलुकको रुपमा अमेरिकाका केही राजनीतिज्ञले स्वदेश मात्र नभएर सारा विश्वमा महामारी ठूलो परिमाणमा फैलिएको अवस्थाका लागि जिम्मेवारी लिनुपर्छ। स्वदेशमा उनीहरुले गलत निर्णय गर्दै महामारीको रोकथाम तथा नियन्त्रण सम्बन्धी अनुपयुक्त समाधानको बाटो खोजेका छन्। जसले स्वदेशी निश्चित संक्रमित बिरामी र मृत्युको संख्या द्रूत गतिले बढ्नुका साथै सारा विश्वमा अझ बढी महामारी भित्रिएको देखिन्छ। 

भाइरससँग राष्ट्रिय सिमाना हुँदैन। एक मुलुकको अवहेलना वा गलत समाधानले सारा विश्वको महामारी रोकथाम तथा नियन्त्रणमा नकारात्मक प्रभाव पार्नेछ। हाल सारा विश्वका चालिस लाख संक्रमित बिरामीमध्ये अमेरिकामा एक तिहाई संख्या छ। अमेरिकाले महामारीलाई नियन्त्रणमा राखेको छैन, त्यसैले सारा विश्वको महामारी रोकथाम तथा नियन्त्रणमा सुस्तता छाइरहेको छ।

अन्य मुलुकको चिकित्सा मालसामानहरू लुट्नु, महामारीको निहुँमा इरान,भेनेजुएला आदि मुलुकको नाकाबन्दीलाई बढाउनु,विश्व स्वास्थ्य संगठनको आर्थिक सहायता रद्द गर्नु, कोभिड-१९ महामारी अन्तर्राष्ट्रिय सहयोग सम्मेमलन बहिष्कार गर्नु, महामारी खोपमा प्रभुत्व जमाउने लक्ष्य लिनु आदि विविध प्रमाणबाट स्पष्ट देखिन्छ कि केही अमेरिकी राजनीतिज्ञहरु सारा विश्वको महामारी रोकथाम तथा नियन्त्रणमा अड्चन सिर्जना गर्ने ढुंगा बनेका छन्। हालसम्म यस महामारीबाट कति जनाले ज्यान गुमाउनेछन् भन्ने अनुमान गर्न सकिँदैन। तापनि अन्त्यमा ती अमेरिकी राजनीतिज्ञहरुले आफ्नो गल्तीप्रति गम्भीर भएर जिम्मेवारी लिनुपर्नेछ।

जानकारी तथा लेखहरु