फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सीद्वारा चिनियाँ विज्ञान तथा प्रविधि विश्वविद्यालयमा पढ्ने सबै पाकिस्तानी विद्यार्थीलाई जवाफी पत्र

(GMT+08:00) 2020-05-18 17:12:00

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले मे १७ तारिख पैचिङ विज्ञान तथा प्रविधि विश्वविद्यालयमा पढ्ने सबै पाकिस्तानी विद्यार्थीलाई जवाफी पत्र दिनुभएको छ। विभिन्न देशका श्रेष्ठ युवाहरू चीन आएर अध्यायन गर्नका लागि स्वागत गर्दै उनीहरूलाई चिनियाँ युवासँग बढी आदानप्रान गराउन र विभिन्न देशका युवाहरूसँग मानव भाग्य समूदायको निर्माणमा योगदान दिन प्रोत्साहन गर्नुभएको छ।

जवाफी पत्रमा राष्ट्राध्यक्ष सीले लेख्नुभएको छ- तपाईंहरू चीन आएर अध्ययन गरेर प्रश्वस्त ज्ञान लिनुका साथै धेरै चिनियाँ साथीसँग पनि चिनजान भएको थाहा पाउँदा मलाई खुशी लागेको छ।

तपाईंहरुलाई जस्तै कोभिड-१९ महामारी फैलिएपछि चीन सरकार र विद्यालयले सधैं चीनमा अध्यायरत् विदेशी विद्यार्थीको जीवन तथा स्वास्थ्यमाथि ध्यान दिनुका साथै चौतर्फी सहयोग दिँदैआएको छ। जीवन सबैको प्राथमिकतामा पर्छ। चिनियाँ वा चीनमा रहेका विदेशीलाई पनि चीन सरकार र जनताले समान हेरचाह गर्दै ध्यान दिएका छन्।

राष्ट्राध्यक्ष सीका अनुसार, महामारी विरूद्ध धेरै विदेशी विद्यार्थीहरूले विविध तरिकाद्वारा चिनियाँ जनतालाई प्रोत्साहन दिएका छन्। कठिनाइमा सदिच्छापूर्ण भावना अझ स्पष्ट देखिन्छ। चीनमा अध्यायनरत् विदेशी विद्यार्थीलाई चीनले निरन्तर सहयोग गर्नेछ। चीनले विभिन्न देशका श्रेष्ठ युवालाई चीन आएर पढ्न स्वागत गर्नुका साथै चीनबारे अझ जानकारी पाएर विश्वलाई अझ बढी चीनको जानकारी दिने आशा गरेको पनि राष्ट्राध्यक्षले पत्रमा उल्लेख गर्नु भएको छ।

हाल पैचिङ विज्ञान तथा प्रविधि विश्वविद्यालयमा ५२ जना पाकिस्तानी विद्यार्थी अध्ययनरत छन्। उनीहरूले राष्ट्राध्यक्ष सीलाई पत्र लेखेर आफ्नो अनुभव र भावना व्यक्त गर्नुका साथै महामारी फैलिएपछि पाएको हेरचाह तथा सहयोगका लागि धन्यवाद ज्ञापन गरेका थिए। उनीहरूले अध्ययनपछि बेल्ट एण्ड रोड निर्माण र चीन तथा पाकिस्तानको मित्रतामा योगदान दिने इच्छा तथा आशा पनि व्यक्त गरेका छन्।

जानकारी तथा लेखहरु