फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

७३ औँ विश्व स्वास्थ्य महाधिवेशनमा राष्ट्राध्यक्ष सीको सम्बोधन

(GMT+08:00) 2020-05-18 19:47:22

मे १८ तारिख बेलुकी ७३ औँ विश्व स्वास्थ्य महाधिवेशनको भिडियो कन्फेरेन्सको उद्धाटन समारोह आयोजित भएको छ। सो समारोहमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले 'ऐक्यबद्ध भएर महामारीलाई जित्दै मानवजातिको स्वास्थ्यको संयुक्त समुदाय निर्माण गरौं' शीर्षकमा सम्बोधन गर्नुभएको छ।

सम्बोधनमा उहाँले भन्नुभएको छः दोस्रो विश्व युद्ध सम्पन्न भएयता विश्वमा भएको सबभन्दा गम्भीर आकस्मिक सार्वजनिक स्वास्थ्य घटनाको सामना गर्दा विभिन्न मुलुकका जनताले एक अर्कोलाई सहयोग गर्दै अघि बढिरहेका छन्। मानव केन्दित र जीवनरक्षालाई प्राथमिकता दिने सिद्धान्त लिएर चीनले जनताको प्राण सुरक्षा तथा शारीरिक स्वास्थ्यको जिम्मा लिएको साथै विश्वको सार्वजनिक स्वास्थ्य कार्यको पनि कार्यभार बहन गरिरहेको छ। महामारी फैलिरहेको घडीमा विश्व स्वास्थ्य संगठनको नेतृत्वदायी भूमिकालाई निर्वाह गर्दै अफ्रिकी मुलुकको समर्थनलाई ठूलो पार्नुपर्छ र विश्वको सार्वजनिक स्वास्थ्य व्यवस्थाको प्रवर्द्धन सम्बद्ध अन्तर्राष्ट्रिय सहयोगलाई अघि बढाउनुपर्छ। विश्वमा महामारी प्रतिरोध अन्तर्राष्ट्रिय सहयोगलाई अघि बढाउने ५ वटा कदमहरू चीनले चाल्ने छ।

अन्त्यमा सीले विभिन्न मुलुकमा हातेमालो गरेर मानवजातिको स्वास्थ्यको संयुक्त समुदायको निर्माण गर्न आह्वान पनि गर्नुभएको छ।

जानकारी तथा लेखहरु