फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कोरोनामुक्त नेपाल बनाउन प्रधानमन्त्री ओलीद्वारा जोड

(GMT+08:00) 2020-05-19 16:00:34

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वनै कोरोनाको तयारीमा जुट्न नसकेको बताउनुभएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएको प्रश्नको उत्तर दिँदै सरकारले ९७ हजार नागरिकलाई क्वारेनटाइनमा राख्नसक्ने बताउनुभएको छ। उहाँले त्योमध्ये २३ हजार क्वारेनटाइन सुविधायुक्त रहेको बताउनुभएको गोरखापत्र अनलाइनले लेखेको छ।

उहाँले बाँकी सबै क्वारेनटाइनको सुविधा विस्तार गर्न सकिने बताउनुभएको हो। उहाँले ३९६ जनालाई आइसोलेनमा राखेर उपचार गरेको र नेपालभरमा तीन हजारभन्दा धेरैलाई एकै पटक आइसोलेसनमा राखेर उपचार गर्नसकिने बताउनुभएको हो। उहाँले नेपाललाई कोरोनामुक्त देश बनाउने अभियानमा बाहिरबाट आएका नागरिकको कारणले सफलता हात पार्न नसकेको बताउनुभयो।

जनतालाई चेतनास्तर विकास गर्न नसकेर समस्या भयावह अवस्थामा पुग्ने खतरा बढेको उहाँले बताउनुभयो। क्वारेनटाइनको निक्कै महत्व रहेको छ। हामीले केही सङ्ख्यामा कोरोना देखिनेबित्तिकै लकडाउन गरेको बताउनुभयो। कोरानाभित्र छिरेर राजनीति गर्न खोज्ने, कोरोनाको नियन्त्रणभन्दा पनि राजनीति गर्न खोज्ने बाहेक जनताबाट व्यापक सहयोग पाएको प्रधानमन्त्रीको भनाइ छ । उहाँले नेपाल र नेपालीहरू असहज र असामान्य अवस्थामा रहेको बताउनुभयो। उहाँले महामारी नेपालमा पनि प्रवेश गरेको छ। कोरोनाको कारणले दुई जनाको निधन भएकोमा दुख व्यक्त गर्नुभएको छ। नेपालमा कोरोनाको कारणले कसैले पनि ज्यान गुमाउनु नपरोस भन्ने प्रयास विभिन्न कारणले सफल हुन नसकेको बताउनुभयो। उहाँले कोरोनाको कारण मृत्यु भएको परिवारमा समवेदना तथा सङ्क्रमितको स्वास्थ्यलाभको कामना गर्नुभएको छ। उहाँल कोरोनामुक्त नेपाल र कोरनामुक्त विश्व बनाउनसक्ने बताउनुभयो।

 

जानकारी तथा लेखहरु