फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मुख्य समयमा चिनियाँ गतिविधिबाट विश्व महामारी विरूद्ध विश्वास बढ्यो

(GMT+08:00) 2020-05-19 18:55:04

मे १८ तारिख बेलुकी ७३ औँ विश्व स्वास्थ्य महाधिवेशनको भिडियो कन्फेरेन्सको उद्धाटन समारोह आयोजित भएको छ। सो समारोहमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सम्बोधन गर्दै हातमा हात मिलाएर विभिन्न देशका जनताको जीवन तथा स्वास्थ्यको संयुक्त बलमा सुरक्षा गर्न, मानवजातिको पृथ्वी घरको साझा सुरक्षा गर्न र मानवजातिको स्वास्थ्य समुदायको साझा निर्माण गर्न आह्वान गर्नुभएको छ। विश्वले महामारी विरूद्ध गर्ने केन्द्रीय समयमा चीनका राष्ट्राध्यक्ष सीले चीनको अनुभव बाँड्नुका साथै महामारीको रोकथाम तथा नियन्त्रण गर्ने छवटा सुझाव दिएर अन्तर्राष्ट्रिय सहकार्यलाई बढाउने पाँच कदम प्रस्तुत गर्नुभएको छ। यो विश्व महामारी विरूद्धको विश्वासलाई बढाउनुका साथै अन्तर्राष्ट्रिय सहयोगलाई अघि घच्घच्याएर विश्व शासन प्रणालीलाई पूरा पारेको छ। त्यसैलेल अन्तर्राष्ट्रिय समाजबाट हार्दिक प्रतिक्रिया गरिएको छ।

सम्बोधनमा महामारीको राम्ररी रोकथाम तथा नियन्त्रण गर्ने, डब्लुएचओको नेतृत्व भूमिका खेल्ने, अफ्रिकी मुलुकलाई अझ समर्थन गर्ने, विश्व सार्वजनिक स्वास्थ्य प्रशासनलाई सबल पार्ने, अर्थतन्त्र तथा समाजको पुनःविकास गर्ने, अन्तर्राष्ट्रिय सहकार्यलाई मजबुद पार्ने छवटा सुझाव राष्ट्राध्यक्ष सीले प्रस्तुत गर्नुभएको छ।

दोस्रो विश्व युद्धपछि विश्वमा भएको सबभन्दा गम्भीर आकस्मिक सार्वजनिक स्वास्थ्य घटनाका सामु चीनले सक्रिय रूपमा प्रस्ताव प्रस्तुत गर्नु मात्र नभई व्यावहारिक गतिविधि पनि गरिरहेको छ।

यसअघि चीनले गरेको योगदानको आधारमा राष्ट्राध्यक्ष सीले महामारी विरूद्ध गर्ने पाँचवटा पछिल्ला कदम पनि प्रस्तुत गर्नुभएको छ। त्यसमा दुई वर्षमा दुई अर्ब डलरको अन्तर्राष्ट्रिय सहयता दिने, संयुक्त राष्ट्रसँग सहयोग गरी चीनमा विश्व मानवीय आपातकालीन गोदाम र हबको स्थापना गर्ने, तीस चीन-अफ्रिका सहकार्य अस्पतालसम्बन्धी सहयोग व्यवस्थाको स्थापना गर्ने, कोभिड-१९ खोपको विकास तथा प्रयोगपछि विश्व सार्वजनिक उत्पादन बनाइने र जी २० सँगै अतिकम मुलुकको ऋण विस्तारै तिर्ने प्रस्तावलाई व्यवहारमा उतार्ने आदि विषय समेटिएका छन्।

यी कदमहरूबाट चीनले विश्व महामारी विरूद्धको सहकार्यलाई अगाडि बढाउने सदिच्छापूर्ण इच्छा र विश्व सार्वजनिक स्वास्थ्यको सुरक्षा तथा मानवको विकास गर्न चीनको जिम्मेवार देखिएको छ। यो फेरि व्यावहारिक गतिविधिद्वारा मानव भाग्य समुदाय सिद्धान्तलाई व्यवहारमा उतार्ने हो।

युरोप तथा अमेरिकाका जनमतगायत अन्तर्राष्ट्रिय जगतले चीनको सदिच्छापूर्ण कदममाथि उच्च मूल्याङ्कन गरेका छन्। ७२ औं विश्व स्वास्थ्य महाधिवेशनका अध्यक्ष एवं लाओसका स्वास्थ्य मन्त्री बोनकोङ स्यहाभोङले अधिवेशनमा सम्बोधन गर्दै राष्ट्राध्यक्ष सीबाट प्रस्तुत मानव स्वास्थ्य समुदायको अवधारणामाथि ज्यादै प्रशंसा गर्नुका साथै चीनको साझेदारी सम्बन्ध भावनालाई धन्यवाद ज्ञापन गर्नुभएको छ।

अमेरिकी राजनीति नामक सञ्चार माध्यममले एकातिर अमेरिकाले विश्वको गल्ती पत्ता लगाउँदै, अर्काति राष्ट्राध्यक्ष सीले कोभिड-१९ खोपको आशा दिएको शीर्षकमा टिप्पणी प्रकाशन गरेको छ।

भाइरसको सीमा हुँदैन र महामारीको जात पनि छैन। राष्ट्राध्यक्ष सीले जोड दिनुभएको जस्तै, मानवजति भाग्य समुदाय हो, एकता तथा सहयोग महामारीलाई जित्ने सबैभन्दा बलियो हतियार हो।

जानकारी तथा लेखहरु