फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

खोप थोरै मान्छेको लागि होइन सबैको लागिः युरोपेली कमिसन

(GMT+08:00) 2020-05-20 17:09:51

युरोपेली आयोगका अध्यक्ष युर्सुला भोन देर लेयनले मे १९ तारिख भिडियोमार्फत विश्व स्वास्थ्य संगठनको प्रस्तावमा युरोपेली संघले प्रथम समयमै कोभिड-१९ को खोपको अनुसन्धान तथा विकास पूँजी जुटाएको र युरोपेली संघको प्रयासबाट खोपको अनुसन्धान तथा विकास प्रक्रियालाई अघि बढाउने विश्वास व्यक्त गर्नुभएको छ। खोप बजारमा आएपछि सबैले प्रयोग गर्नको लागि त्यसको व्यापक बन्दोबस्त गर्न प्रत्याभूति दिनुपर्ने पुष्टि पनि उहाँले गर्नुभएको छ।

उहाँले अगाडि भन्नुभएको छः कोभिड-१९ खोप थोरै मान्छेले पाउने विलासी होइन व्यापक तथा सामान्य रूपमा पाइने सार्वजनिक उत्पादित वस्तु हो। हाल विश्वमा महामारीबाट ल्याइने चुनौतीमा ध्यान दिनुपर्छ र यो नै सम्पूर्ण मानवजातिले आपसी सहयोग तथा ऐक्यबद्धता प्रवर्द्धन गरिने घडी पनि हो।

जानकारी तथा लेखहरु