फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

महामारीको परीक्षामा चिनियाँ अर्थतन्त्रको पुनःविकास अझ तिव्र

(GMT+08:00) 2020-05-20 19:06:20

सन् २०२० चीनका दुईटा अधिवेशन सुरू हुँदैछन्। वर्तमान अवस्थामा चीनले महामारीको रोकथाम तथा नियन्त्रण र अर्थतन्त्र तथा समाजको विकासलाई मिलाउने भन्ने विषयमा अन्तर्राष्ट्रिय जगतले उच्च ध्यान दिएको छ।

महामारी फैलिएदेखि चिनियाँ अर्थतन्त्रले बलियो दवाव प्रतिरोध र मर्मत क्षमता देखाएको छ। विशेष गरी चीनमा महामारीको रोकथाम तथा नियन्त्रणले रणनीतिक उपलब्धि हासिल गरेपछि पुनः कार्य तथा उत्पादनलाई तीव्र पारेको छ। त्यसैले चिनियाँ बजारका लागि विश्वको विश्वासमा कुनै परिवर्तन भएको छैन। धेरै वर्षयता विश्वको आर्थिक वृद्धिमा चीनको योगदान दर ३० प्रतिशतभन्दा बढी भएको छ। त्यसैले चीनको अर्थतन्त्र क्रमशः सामान्य बन्दै विश्व अर्थतन्त्रको पुनर्संरचनालाई शक्ति थपेको छ।

यसका साथै चीनले वर्तमान चुनौतीबारे भद्र रूपमा बुझेको छ। दुईटा अधिवेशनमा प्रतिनिधि र सदस्यहरूले अर्थतन्त्रलाई स्थिर पार्ने, रोजगार तथा जनजीवनको प्रत्याभूति गर्ने, नयाँ वृद्धिको विकास गर्ने, उद्योग शृङ्खला तथा आपूर्ति शृङ्खलाको स्थिरताको प्रत्याभूति गर्ने आदि विषयबारे छलफल गर्नेछन्।

चीनका लागि सन् २०२० ज्यादै फरक हो। चीनले निरपेक्ष गरिबी हटाउने कार्य पूरा गर्नुका साथै सम्पन्न समाजको चौतर्फी निर्माण लक्ष्यलाई साकार तुल्याउनेछ। साथै यस वर्ष तेह्रौं पञ्चवर्षीय योजना पूरा गर्नेछ। यस महत्वपूर्ण ऐतिहासिक समयमा दुईटा अधिवेशनको आयोजनाले विश्वको नजर आकर्षण गरेको छ। चिनियाँ अर्थतन्त्रको पुनर्स्थापना तथा विकाससम्बन्धी नयाँ निर्णयले चीनको विकासलाई अगाडि बढाउनुका साथै विश्वको अर्थतन्त्रमा स्थिर शक्ति थप्नेछ।

जानकारी तथा लेखहरु