फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनसँग चौतर्फी गरिबी निवारण कार्यको पूरा गर्ने क्षमता

(GMT+08:00) 2020-05-21 17:21:41

वार्षिक दुईटा अधिवेशन चीनले नीति संकेत सुनाउने मञ्च हो र विश्वले चीनको अवोलोकन गर्ने महत्वपूर्ण पनि झ्याल हो। महामारीको पृष्ठभूमिमा चीनले आर्थिक तथा सामाजिक विकास लक्ष्य कसरी पूरा गर्ने? यो यस दुईटा अधिवेशनमा मुख्य विषयवस्तु हो।

वास्तवमा महामारीले चीनलाई रोक्न सक्दैन। निर्धारित योजनाअनुसार यस वर्षको आर्थिक तथा सामाजिक विकास लक्ष्य पूरा गर्ने विश्वास, शर्त र क्षमता चीनसँग रहेको छ।

पहिलो, चिनियाँ सत्तारूढ पार्टीले सधैं गरिबी निवारणलाई राष्ट्रिय शासनको प्रथम स्थानमा राखेको छ। गरिबी निवारण कडा लडाई हो। वैज्ञानिक रूपमा महामारीको रोकथाम तथा नियन्त्रण र गरिबी निवारणलाई मिलाउने, छिटै पुनः कार्य तथा उत्पादनलाई समर्थन गर्ने आदि कदमले उक्त लडाईमा विजय गर्न समर्थन दिएको छ।

महामारीको अवस्थामा गरिब सर्वसाधारणको रोजगार गरिबी निवारणको केन्द्रीय विषय हो। चीन सरकारको सहयोग नीतिमा हाल गरिब श्रम बाहिर काम गर्ने जनसंख्य गत वर्षको तुलनामा ९५.४ प्रतिशत पुगेको छ।

त्यसबाहेक उपभोगद्वारा गरिबी नीवारण नयाँ विशेषता र तरिका हो। ई- वाणिज्य र रसद उद्योगको आधारमा धेरै चिनियाँ किसानहरूले महामारीको अवसरमा प्रत्यक्ष प्रसारद्वारा विक्रीलाई बढाएका छन्। जसले अधिकतम् हदसम्म महामारीबाट प्रभावित क्षमतालाई कम पारेको छ।

चीनको विकास प्रक्रिया अल्पकालीन महामारीको प्रभावबाट परिवर्तन हुँदैन। चालु वर्ष दुईटा अधिवेशनको अवसरमा प्रतिनिधि र सदस्यहरूले पहिलेजस्तै राष्ट्रिय मामिलाबारे छलफल गर्दै निर्धारित लक्ष्यको पूरा गर्न सुझाव दिनेछन्। गरिबी निवारण चिनियाँहरू एकता तथा प्रयास गर्ने नयाँ सुरूवात हुनेछ।

जानकारी तथा लेखहरु