फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकालाई अराजक बनाउने राजनीतिक भाइरसः पोम्पेओ

(GMT+08:00) 2020-05-21 19:35:34

चिनियाँ थाइवान क्षेत्रीय नेता छाइ यिङवनको शपथग्रहणमा अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले शुभकामना वक्तव्य प्रकाशित गर्दै तथाकथित राष्ट्रपति भन्नुका साथै अमेरिका र थाइवानको साझेदारी सम्बन्ध उल्लेख गर्नु भएको छ। यो दर्जनौ वर्षयता थाइवान क्षेत्रीय नेताको नियुक्तमा अमेरिकी विदेशमन्त्रीले पहिलोपटक सार्वजनिक रूपमा शुभकामना दिनु भएको हो।

यो हास्यास्पद कार्यले एक चीनको नीति र चीन-अमेरिकाबीच तीन बुँदे संयुक्त विज्ञप्तिलाई गम्भीर उल्लंघन गरेको छ। यो चिनियाँ आन्तरिक मामिलामाथि गम्भीर हस्तक्षेप पनि हो। यो चीनमाथि सार्वजनिक चुनौति हो जसले व्यक्तिगत लाभका लागि अमेरिकी राष्ट्रिय फाइदालाई शीर्ष बनाउने पोम्पेओको राजनीतिक जुवा खेलको मनोवैज्ञानिक चित्रण गरेको छ।

वाशिन्टन पोस्टबाट प्रकाशित लेखका अनुसार, प्रमाण बिना आरोप र षड्यन्त्र सिद्धान्तहरूले पोम्पेओ र अमेरिकालाई अन्तर्राष्ट्रिय जगतमा हाँसो बनाएको छ। उहाँले कुटनीतिक नीतिलाई राजनीतिकरण गर्नुभयो। त्यसै गरी उहाँ इतिहासमा प्रभावकारिता सबैभन्दा कम र देखाइ सबैभन्दा खराब विदेशीमन्त्री हुनुहुन्छ।

जानकारी तथा लेखहरु