चीनका कृषि तथा ग्रामीण मामिला मन्त्री हान छाङपिनले मे २२ तारिख पैचिङमा चीनमा अन्नबाली संकट उत्पन्न नहुने दाबी गर्नुभएको छ।
कोभिड-१९ महामारी विश्वमा फैलिइरहेकाले अन्तर्राष्ट्रिय अन्नबाली बजारमा उतारचढाव देखापछि केही मुलुकले अन्नबालीको संचयलाई बढाएका छन् भने केही मुलुकले अन्नबालीको निर्यातमा निषेध गरेका छन्। चीनमा अन्नबालीको सुरक्षा सम्बन्धबारे चर्चा गर्दै मन्त्री हानले भन्नुभएको छः धान तथा गहुँ भन्ने दुईटा मुख्य अन्नबाली चिनियाँको लागि शतप्रतिशत पुग्छ र सम्पूर्ण चिनियाँहरूले खान एक वर्षसम्म पुग्छ र अन्नबालीको सुरक्षाप्रति विश्वस्त भएको कुरा मन्त्री हानले जनाउनुभएको छ।
चालु वर्षको बसन्ते रोपाइको ९० प्रतिशत पूरा भएको र अन्नबालीको उत्पादन परिमाणलाई स्थिर पार्ने प्रत्याभूति चीनले दिने पनि मन्त्री हानले पुष्टि गर्नुभएको छ।