फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्वारा आर्थिक नियमको सम्मान

(GMT+08:00) 2020-05-22 19:22:31

चिनियाँ वार्षिक सरकारी कार्य प्रतिवेदन आर्थिक विकास तथा नीतिको तर्फसम्बन्धी महत्वपूर्ण आधार खण्ड हो। आज चीन सरकारबाट प्रस्तुत सन् २०२० को सरकारी कार्य प्रतिवेदनमा पूरै वर्ष आर्थिक वृद्धिको ठोस लक्ष्य छैन।

यस वर्षको सरकारी कार्य प्रतिवेदनमा आर्थिक वृद्धिको ठोस लक्ष्य नतोकिनुको कारण आर्थिक नियमलाई सम्मान गरेको पुष्टि भएको छ। वर्तमान कोभिड-१९ महामारी विश्वव्यापी रूपमा फैलिरहेको छ। विश्वको अर्थतन्त्रमा गम्भीर मन्दी छाएको छ। यस्तो पृष्ठभूमिमा आर्थिक वृद्धिको ठोस लक्ष्य प्रस्तुत नगर्नु वास्तविकतासँग काम गर्ने चिनियाँ शैली देखाइएको हो।

साथै चीन सरकारले छवटा महत्वपूर्ण कार्य पनि प्रस्तुत गरेको छ। त्यसमा व्यवसायलाई स्थिर पार्नुका साथै रोजगारीको प्रत्या

भूति गर्ने, सुधारद्वारा बजारको विधिक शक्तिलाई प्रोत्साहण गर्ने, घरेलु माग विस्तार पार्ने, गरिबी निवारण लक्ष्य साकार गर्ने, अझ उच्चस्तरीय वैदेशिक खुलापनलाई बढाउने, जनजीवनको प्रत्याभूति तथा सुधार गर्ने आदि विषय समेटिएका छन्। यी छवटा कार्यमा हरेक कार्यसँग ठोस लक्ष्य र माग छ। जसले चिनियाँ अर्थतन्त्र स्थिरताका साथ विकास गर्ने विशेषता देखाएको छ।

जानकारी तथा लेखहरु