फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ कयुनिष्ट पार्टीको शासन गर्ने जनताको सबैभन्दा ठूलो समर्थन प्राप्त

(GMT+08:00) 2020-05-22 21:17:41
चिनियाँ कम्युनिष्ट पार्टीका सर्वोच्च नेता सी चिनफिङले मे २२ तारिख जनतालाई चिनियाँ कयुनिष्ट पार्टीको शासन गर्ने सबैभन्दा ठूलो समर्थन प्राप्त भएको औँल्याउनु भएको छ।

सोही दिन सीले तेह्रौं चिनियाँ राष्ट्रिय जन काँग्रेसको तेस्रो अधिवेशन अन्तर्गत भित्री मंगोलिया प्रतिनिधि मण्डलको समीक्षा बैठकमा भाग लिँदै उक्त कुरा बताउनुभएको छ। उहाँका अनुसार, चिनियाँ समाजवादी प्रजातन्त्र जनताको मूल फाइदाको सुरक्षा गर्ने सबैभन्दा व्यापक, सत्य र प्रभावकारी प्रजातन्त्र हो। जनताको प्रजातन्त्रमा अडिग लागिरहनुका साथै जनताको बुद्धि तथा शक्तिलाई अझ राम्ररी संकलन गर्नुपर्छ।

पार्टीको १८ औँ महाधिवेशनयता सीले सधैँ सुन्दर जीवनबारे जनताको आकांक्षालाई चिनियाँ कम्युनिष्ट पार्टीको सत्तारूढ लक्ष्य बनाउनु पर्ने कुरामा जोड दिँदै आउनु भएको छ। आजको समीक्षा बैठकमा उहाँले विभिन्न तहका अधिकारीसँग जनताका लागि फाइदा पुर्‍याउने विषयलाई सबैभन्दा महत्वपूर्ण शासक परिणाम बनाएर सर्वसाधारणलाई चासो लागेका रोजगार, शिक्षा तथा चिकित्सालगायत वास्तविक समस्याको समाधान गरेर सर्वसाधारणलाई परिवर्तन देखाउनुपर्ने र लाभ दिलाउन अनुरोध गर्नुभएको छ।

जानकारी तथा लेखहरु