
मे २२ तारिख चीनको सर्वोच्च आधिकारिक संस्था—राष्ट्रिय जन कंग्रेससमक्ष प्रधानमन्त्री ली खछ्याङले पेश गर्नु भएको सरकारी कार्य प्रतिवेदनमा बाहिरी वातावरणको परिवर्तनका सामु विदेशका लागि खुलापनलाई सुदृढताका साथ विस्तार गर्नुका साथै उद्योग शृङ्खला तथा आपूर्ति शृङ्खलालाई स्थिर पारेर खुलापनद्वारा विकासलाई घच्घच्याउने विषय समेटिएको छ।

महामारीबाट विश्वको अर्थतन्त्र तथा व्यापारमा गम्भीर प्रभाव पार्ने पृष्ठभूमिमा चीनले खुलापनलाई विस्तार गर्ने र बशुपक्षीयताको प्रस्ताव गर्ने कार्य विश्व अर्थतन्त्रको पुनर्संरचनामा विश्वास बढाएको छ।
