|
|
|
|||||||||
|
||

मार्चदेखि अमेरिकी सरकारले महामारीको खतराको बेवास्ता गरेर कोही साथ नभएको अवस्थामा करिब एक हजार जना आप्रवासी बालबालिकलाई मेक्सिको, एल साल्भाडोर, ग्वाटेमाला र होन्डुरस फर्काएको छ। ती बालबालिहरूमध्ये धेरैजना सिमा क्षेत्रमा शरणार्थीका रुपमा अस्थायी बसोबासमा थिए। ती मध्ये कोही व्यक्तिलाई कोभिड १९ संक्रमण भई जीवन खतरामा थियो। मे २१ तारिख राष्ट्र संघीय बालबालिका कोषले सामाजिक सञ्जालमा लेख प्रकाशित गर्दै अमेरिकासँग महामारीको अवधिमा बालबालिकालाई निर्वासन नगर्न चेतावनी दिएको छ। महामारी ऐनाजस्तै मुखमा हरेक व्यक्ति समान बोल्ने अमेरिकी रानजीतिज्ञले कपटी, स्वार्थी र क्रूरता देखाएका छन्।

त्यसका साथै नर्सिंग होममा बस्ने बृद्धबृद्धा अमेरिकी राजनीतिज्ञका आँखामा बोझ बनेका छन्। टेक्सासका उपराज्यपाल डान पाट्रिकले मार्चमा बृद्धबृद्धालाई स्वच्छिक आश्रमबाट निस्कन हास्यास्पद आह्वान गर्नुभयो। न्यूयोर्क टाइम्सका अनुसार, कोभिड-१९ बाट संक्रमित बिरामीमध्ये ११ प्रतिशत पेन्सन एजेन्सीबाट हुनुका साथै एक तिहाईभन्दा बढी मृतक नर्सिंग होमसँग सम्बन्धित छन्।
भाइरसको प्रहारमा जात र धनी तथा गरिबको विभेद छैन। तर अमेरिका सरकारले आपूर्तिकर्ता वितरणमा विभेद छ।

महामारीको प्रभावमा अमेरिकाको बेरोजगारी दर धेरै बढेको छ। त्यसमा सबैभन्दा बढी अल्पसंख्यक जाति र गरिब रहेका छन्। हाल अमेरिकी राजनीतिज्ञको प्रदर्शनले टाइम्स साप्ताहिकले सारांशमा पुष्टि गरेको छः कोभिड-१९ महामारी अमेरिकी प्रजातान्त्रको विफलता हो।
| © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |
|||||||||