फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नयाँ परिस्थितिमा चीनको नयाँ श्रेष्ठता हुर्काउनुपर्ने कुरामा राष्ट्राध्यक्ष सीको जोड

(GMT+08:00) 2020-05-23 22:18:55

चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनको वार्षिक अधिवेशन पैचिङमा आयोजित भइरहेको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिनफिङले मे २३ तारिख अर्थतन्त्रको संयुक्त बैठकमा भाग लिँदै गार्हस्थ्य मागलाई पूरा गर्नु नै विकासको शुरूआत र अन्त्यको बिन्दु स्वरूप लिनुपर्ने औँल्याउनुभएको छ। भित्री मागको पूर्ण प्रणालीको छिटै स्थापना गर्दै नवीन, डिजिडल अर्थ र स्मार्ट उत्पादनलाई रणनीतिक नव उदीयमान व्यवसायको विकासलाई अघि बढाउनुपर्ने भन्दै गार्हस्थ्य च्रक प्रधान स्वदेशी र अन्तर्राष्ट्रिय दुईवटा च्रक एकअर्कालाई आपूर्ति दिने विकासको नयाँ स्थिति सिर्जना गर्नुपर्ने बताउनुभयो। नयाँ परिस्थितिमा अन्तर्राष्ट्रिय सहयोगमा चीनको सहभागी र प्रतिस्पर्धात्मक श्रेष्ठतालाई हुर्काउन पनि राष्ट्राध्यक्ष सीले जोड दिनुभयो।

सीले अगाडी भन्नुभयो वर्तमान परिस्थितिमा आर्थिक अवस्थामा ठूलो दबाव देखा परेकाले अझ अस्थिर तथा अनिश्चित विश्वमा चीनले विकास गर्नुपर्छ। तापनि चीनको अर्थतन्त्रको निहित शक्ति ठूलो भएकाले नीतिगत साधन पनि धेरै भएको आधारभूत विशेषता परिवर्तन भएको छैन।

जानकारी तथा लेखहरु