फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हंङकंङको सुरक्षा सम्बन्धी केन्द्रीय सरकारको अठोटमाथि चुनौती खडा गरे खराब नतिजा भोग्नुपर्ने

(GMT+08:00) 2020-05-24 17:33:23

तेह्रौं राष्ट्रिय जन जन काँग्रेसको तेस्रो अधिवेशनले हंगकंग विशेष प्रशासनिक क्षेत्रबाट राष्ट्रिय सुरक्षा कानुनी व्यवस्था तथा कार्यान्वयन व्यवस्थाको स्थापना तथा सुधार सम्बन्धी राष्ट्रिय जन कंग्रेसको निर्णय (मस्यौदा) बारे समीक्षा गरेको छ। यो सूचनाले हंगकंग स्वतन्त्र तत्व र चीनविरोधी शक्तिको सपना उठाएको छ। दुई दिनयता चिन्तित हंगकंग स्वतन्त्र तत्व र हंगकंग अराजक शक्तिले प्रदर्शनद्वारा हंगकंगसम्बन्धी राष्ट्रिय सुरक्षा कानुनलाई कलंकित बनाएको छ। चाइना मिडिया ग्रुपअन्तर्गत रेडियो द ग्रेटर बेले हंगकंग स्वतन्त्र तत्व र हंगकंग अराजक शक्तिलाई राष्ट्रको सुदृढ विचार र अठोटमाथि कम महत्व दिनुहुँदैन भन्ने चेतावनी दिएको छ। हंङकंङको सुरक्षा गर्ने केन्द्रीय सरकाको अठोटमाथि चुनौती दिने कुनै कार्वाही गरेमा आफ्नो खराब नतिजा वहन गर्नुपर्छ।

राष्ट्रिय जन कंग्रेसको कार्यले एक देश दुई व्यवस्था, हंगकंगको समृद्ध तथा स्थिरता र देशको दीर्घकालीन शान्ति तथा स्थिरताको सुरक्षा गर्नुका साथै हंगकंगका बासिन्दाले शान्तिपूर्ण जीवन बिताउने माग र इच्छासित मिलेको छ।

सभ्य समाजमा अधिकारसँगै कर्तव्य पनि निर्वाह गर्नुपर्छ र जिम्मवारी बिनको स्वतन्त्रता छैन। कानुनबमोजिम उच्चस्तरीय स्वशासनमा हंगकंगका बासिन्दामा विविध अधिकार तथा फाइदा छन्। साथै राष्ट्रिय सुरक्षा र एक देश दुईटा व्यवस्थाको स्थिरताको प्रत्याभूति गर्नु सबै हंगकंग बासिन्दाको जिम्मेवारी पनि हो।

जानकारी तथा लेखहरु