फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नागरिक संहिता मसौदाको ५ बुँदे ब्याख्या

(GMT+08:00) 2020-05-24 18:54:02

'नागरिक संहिता मसौदा' चिनियाँ राष्ट्रिय जन काँग्रेसको अधिवेशनमा छलफल भरहेको छ। जनगणतन्त्र चीन स्थापनापछि यो संहिताको रूपमा नाम दिइएको पहिलो कानुन हो र १००० धारा राखिएको पहिलो कानुन पनि हो। एक लाख भन्दा बढी अक्षर भएको सो मोटो'नागरिक संहिता मसौदा' बुझ्न ५ वटा विशेषताबाट ब्याख्या गर्नुपर्छ।

पहिलो, यस कानुन प्रणालीबद्ध छ। यसमा पहिले प्रशस्त नागरिक ऐन तथा नियमहरूको संग्रह होइन बरू एउटा प्रणालीबद्ध संकलन प्रक्रिया हो। यसबाट देशको शासन प्रणाली तथा व्यवस्था क्षमताको आधुनिकीकरणका लागि महत्वपूर्ण जग बसालिने छ।

दोस्रो, यो जनता केन्द्रित छ। नागरिक संहिताको सम्पादनमा जनताको हक-अधिकारको संरक्षणमा विशेष जोड दिइएको छ। जस्तै बसाइ अधिकार, गोपनियता अधिकार थपिएको छ भने व्यक्तिगत सूचना, आवाजको संरक्षणबारे पनि उल्लेख गरिएको छ।

तेस्रो, यसको बिँडो थाम्ने विशेषता छ। रोम विधान लिएर लामो समयको अभ्यासलाई समावेश गराइएको यस संहितामा पहिले नागरिक ऐन निर्माण क्रममा पाइएको प्रशस्त अनुभवहरूका साथै नागरिक ऐन सम्बन्धी अनुसन्धानबाट प्राप्त यथेष्ठ प्रतिफलहरूलाई पनि संलग्न गराइएको छ।

चौथो, यो संहिता युगसँग अनुकूल छ। सूचनाकरण युगसँग मेल खानको लागि नागरिक संहिताको मसौदामा इ-सम्झौताको तयलाई सुधार, इन्टर्नेटमा अधिकार उलंघन लगायतका विषयहरू थपिएको छ। साथै पर्यावरणीय संरक्षणका लागि पर्यावरणलाई बिगार्ने गतिविधिमाथि सजाय तथा हर्जाना गर्ने विषय थपिएको छ।

पाँचौं, यसको खुलस्त विशेषता छ। चीनमा भइरहेको सुधार गहन हुँदै गएको र गाँउ जग्गा सुधार, ठूला तथ्याङ्क, एआई जस्ता नयाँ विषयहरू देखा परिरहेका छन्। यसै नागरिक संहिताबाट भविष्यमा गरिने सुधारको लागि क्षेत्र र सम्भावना राख्नुपर्छ।

जानकारी तथा लेखहरु