फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मानव जातिको स्वास्थ्यको संयुक्त समुदायको निर्माणमा चीन प्रयासरत

(GMT+08:00) 2020-05-24 19:19:12

ऐक्यबद्धता तथा सहयोग नै महामारीलाई जित्ने सबभन्दा शक्तिशाली हतियार हो। मानव जातिको स्वास्थ्यको संयुक्त समुदाय निर्माणलाई छिटो पार्न चीनले अछ बढी योगदान दिने आशा लिइएको छ। तेह्रौं चिनियाँ राष्ट्रिय जन काँग्रेसको तेस्रो अधिवेशनमा मे २४ तारिख आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्री वाङ यीले उक्त कुरा बताउनु भएको हो।

उहाँले अगाडि भन्नुभएको छः कोभिड-१९ महामारीबाट ल्याएको सबभन्दा ठूलो रहस्योद्धाटन के हो भने विभिन्न मुलुकका नजताको ज्यान तथा स्वास्थ्य बीच पहिले देखा नपरेको घनिष्ट सम्बन्ध रहेको छ र भाइरसले सम्पूर्ण मानवजातिसमक्ष चुनौती उठाउँदा विभिन्न मुलुकले क्षेत्रीय तथा जातिय भिन्नता, ऐतिहासिक तथा सांस्कृतिक एवं सामाजिक अवस्थाको फरकलाई पन्छाएर हातमा हात मिलाएर मानवजातिको संयुक्त भाग्य समुदायको निर्माण गर्नुपर्छ। यसको लागि चीनले आफ्नो योगदान दिने इच्छा लिएको छ।

जानकारी तथा लेखहरु