फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बेल्ट एण्ड रोडप्रति चीनको विश्वास अपरिवर्तित

(GMT+08:00) 2020-05-24 19:21:00

बेल्ट एण्ड रोडप्रति विश्वास लिँदै चीन तथा विभिन्न मुलुकले बीआरआईलाई विकास, सहयोग तथा स्वस्थ बाटो बनाउन प्रयास गर्दै जानेछ। उक्त कुरा चीनका परराष्ट्र मन्त्री वाङ यीले मे २४ तारिख आयोजित पत्रकार सम्मेलनमा बताउनु भएको हो।

कोभिड-१९ बाट बीआरआईमा ल्याएको प्रभाव अस्थायी, आंशिक रहेको बताउँदै महामारीको परीक्षामा पास हुँदै बीआरआईको संयुक्त निर्माण आधार अझ बलियो, शक्तिशाली तथा अझ यथेष्ठ र भविष्य अझ उज्जालो हुने विश्वास पनि वाङले बताउनुभयो।

प्राप्त जानकारी अनुसार, महामारीको अवधिमा चीन-पाकिस्तान आर्थिक करिडोर उर्जा परियोजना, चीन-यूरोप रेल लगायत बीआरआई सम्बन्धी पूर्वाधार निर्माण परियोजना तथा जनताको जीवनसँग घनिष्ट सम्बन्ध भएका परियोजनाहरूले महामारी प्रतिरोधमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन्।

परराष्ट्र मन्त्री वाङले संकेत दिनुभए अनुसार, महामारीपछि चीनले सम्बद्ध मुलुकसँगै स्वस्थ रेशम मार्गको निर्माणलाई अघि बढाउँदै उचित समयमा बीआरआई उच्चस्तरीय भिडियो कफरेन्सको आयोजना गर्ने छ। साथै चीनले डिजिडल रेशमी मार्गमा महत्व दिँदै विभिन्न मुलुकको आर्थिक विकासको लागि थप नयाँ बृद्धि सिर्जना गर्नेछ।

जानकारी तथा लेखहरु