फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

शान्तिपूर्ण सह-अस्तित्व बाटो नै चीन अमेरिकाका लागि उत्तम

(GMT+08:00) 2020-05-24 19:27:42

चीन-अमेरिका सम्बन्धलाई कथित 'शित युद्ध' मा परिणत गराउनु नै इतिहासको गाडीलाई उल्टो गुडाउने कार्य हो। चीन तथा अमेरिका दुवै पक्षले वर्तमान अवस्थामा फरक सामाजिक अवस्था तथा सांस्कृतिक पृष्ठभूमिमा शान्तिपूर्ण सह-अस्तित्व तथा हितयुक्त साझा बिजयी प्राप्त बाटोलाई पत्ता लगाउनुपर्छ। उक्त कुरा चीनका परराष्ट्र मन्त्री वाङ यीले मे २४ तारिख पैचिङमा आयोजित पत्रकार सम्मेलनमा औँल्याउनुभएको हो।

सो पत्रकार सम्मेलनमा चीन-अमेरिका सम्बन्ध चर्कँदै जाने चिन्ता छ कि भन्ने प्रश्नको जवाफ दिँदै परराष्ट्र मन्त्री वाङ यीले भन्नुभयो कोभिड-१९ महामारी नै चीन तथा अमेरिकाको साझा शत्रु हो तर महामारी फैलिरहेको घडीमा एक किसिमको राजनीतिक भाइरस पनि अमेरिकामा विस्तार भइरहेको छ र यो नै हो सबै मौका पारेर चीनमाथि हिलो छ्याप्ने काम।

चीन तथा अमेरिकासँग विश्वको शान्ति तथा विकास सम्बन्धी ठूलो जिम्मेवारी रहेकाले मानवजातिको जिम्मेवारी पनि लिनुपर्छ र इतिहास तथा जनताप्रति जिम्मेवारी लिएर आपसी सम्बन्धमा ध्यान दिँदै उचित व्यवहार गर्नुपर्छ। अमेरिकालाई परिवर्तन गर्ने इच्छा चीनसँग छैन र अमेरिकाको सट्टामा आउने विचार पनि चीनसँग छैन भने अमेरिकाले एकपक्षीय रूपमा चीनको परिवर्तन गर्न सक्दैन। साथै १ अर्ब ४० करोड चिनियाँहरू आधुनिकीकरण दिशातिर जाने ऐतिहासिक प्रक्रियालाई बन्द गर्न कसैले सक्दैन।

जानकारी तथा लेखहरु