फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

महामारीको अनुगमन तथा चेतावनी र आपतकालीन प्रतिक्रिया क्षमतालाई उकास्नुपर्ने कुरामा सी चिन फिङद्वारा जोड

(GMT+08:00) 2020-05-24 21:25:37

चीनका सर्वोच्च नेता सी चिन फिङले मे २४ तारिख चिनियाँ राष्ट्रिय जन कंग्रेसको वार्षिक अधिवेशनको हुपै प्रान्तीय प्रतिनिधि मण्डलको समीक्षा बैठकमा कोरोना भाइरस महामारीको सामना गर्ने क्रममा चीनको सार्वजनिक स्वास्थ्य प्रणाली र चिकित्सा प्रणालीले महत्वपूर्ण भूमिका निर्वाह गरेको तर केही कमजोरी देखिएको बताउँदै चीनले महामारीको अनुगमन तथा चेतावनी र आपतकालीन प्रतिक्रिया क्षमतालाई उकास्नुपर्ने र ठूलो महामारीको उपचार प्रणालीको सुध्रनुपर्ने कुरामा जोड दिनुभएको छ।

उहाँले सोही दिन रोगको रोकथाम तथा नियन्त्रण प्रणालीको सुधार गर्नुपर्ने, सार्वजनिक स्वास्थ्य सेवा परियोजना सुध्रिनुपर्ने, ठूलो रोगको चिकित्सा बिमा र उद्धार प्रणालीको सुध्रिनुपर्ने, वैज्ञानिक तथा प्रभावकारी सार्वजनिक स्वास्थ्य कानुन तथा नियम प्रणालीको सिर्जना गर्ने गति प्रदान गर्नुपर्ने कुरा बताउनुभयो।

जानकारी तथा लेखहरु