फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

वु हानको प्रसिद्ध 'ब्रेकफास्ट' पसल पुन:संचालन

(GMT+08:00) 2020-05-25 10:24:43

"रातो तेल हालिएको तातो नूडल्स" वु हान शहरको एउटा प्रसिद्ध ब्रेकफास्ट (बिहानी खाजा) पसल हो। सामान्य अवस्थामा यहाँ मान्छेहरुको भीड लाग्ने गर्छ। तर कोरोना भाइरस महामारीको प्रभावमा यो पसल बन्द भएको थियो। दुई महिनासम्म बन्द भएको यो प्रसिद्ध पसल हाल पुन:संचालनमा आएको छ।

"चाउको रातो तेल हालिएको तातो नूडल्स" पसल खुला भएको खबर पाएपछि धेरै नयाँ तथा पूराना ग्राहकहरु यहाँ खान आएका छन्। पसल बाहिर केही टेबलहरु राखिएका छन्। पसलका कामदारहरुले ग्राहकहरुको माँग अनुसार छिटै प्याक गरी नुडल्स अर्थात् चाउचाउ टेबलमा राखिदिन्छन् र ग्राहकहरुले लैजाने गरेका छन्। कामदार र ग्राहकबीच "प्रत्यक्ष सम्पर्क" छैन।

६२ वर्षीय चाउ यौ च यस पसलकी साहुजी हुन्। उनले पंक्तिबद्ध बसेका ग्राहकहरुलाई एकआपसबीचको दुरी बनाउन आग्रह गर्दै चाउचाउ प्याक गरिरहेकी छिन्।

हिजोआज पहिलेभन्दा चाँडै उठ्नुपर्छ। किनभने किटाणुलाई मार्ने काम गर्नुपर्छ र शारीरिक तामक्रम पनि नाप्नुपर्छ। हामी अहिले पहिलेभन्दा एक घण्टा अगाडि पसल पुग्नुपर्छ।

1  2  
जानकारी तथा लेखहरु