फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन सधैं नै विश्व संयुक्त हितको संरक्षक

(GMT+08:00) 2020-05-25 14:38:03

मै २४ तारिख दिउँसो तेह्रौं चिनियाँ राष्ट्रिय जन काँग्रेस तेस्रो अधिवेशनले नियमित पत्रकार सम्मेलनको आयोजना गरेको छ। चीनको राज्य परिषद्का सदस्य एवम् चीनका परराष्ट्र मन्त्री वाङ यीले दुई घण्टामा चिनियाँ तथा विदेशी पत्रकारले सोधेका २३ वटा प्रश्नहरूको जवाफ दिनुभएको छ। उहाँले मुख्य रुपमा कोभिड १९ महामारीको पृष्ठभूमिमा अन्तर्राष्ट्रिय सम्बन्ध, चीनको सार्वभौमिकता र विश्व शासन आदि विषयबारे तथ्य र ठोस तथ्यांकमार्फत प्रतिक्रिया दिँदै चीनले विश्व सार्वजनिक स्वास्थ्य संकटमा बहुपक्षीय सहयोगलाई सबल पार्ने इच्छा लिएको र दृढताका साथ राष्ट्रिय सार्वभौमिकताको संरक्षण गर्ने संकल्प तथा विश्वको चौतर्फि विकासको विचार व्यक्त गर्नुका साथै पूर्ण रुपमा चीनका सर्वोच्च नेताले प्रस्तुत गर्नुभएको मानव जाति भाग्य एकरुपताको विचारधारा प्रस्तुत गर्नुभएको छ।

कोभिड १९ महामारीमा विश्व शासन प्रणालीलाई पूर्णता दिलाउने काम अझै महत्वपूर्ण देखिन्छ। पत्रकार सम्मलेनमा मन्त्री वाङ यीले विश्वव्यापीकरणलाई अस्वीकार गरेर संरक्षणवादलाई अपनाउने विषयबारे बोल्दै उहाँले'विश्वव्यापीकरणमा अझ सहनशील र सर्वतोमुखी विकास आवश्यक रहेको''बहुपक्षीयतावादमा अझ दृढताकासाथ संरक्षण र प्रसारण आवश्यक रहेको'र'विश्व शासनमा ठोस सुधार र पूर्णता आवश्यक रहेको'यी तीन बुँदा प्रस्ताव प्रस्तुत गर्नुभएको छ।

हालै अन्तर्राष्ट्रिय समाज कठिन रुपमा महामारीसँग युद्ध गरिरहेकोले विभिन्न मुलुकले पूर्वाग्रहलाई त्यागेर सहयोगलाई कायम राखे मात्रै मानव जातिले महामारीलाई जित्न सक्ने छ। एउटा जिम्मेवारी बोकेको ठूलो मुलुकको रुपमा चीनले महामारीको विरुद्धमा सकेसम्म योगदान दिँदै जाने छ र विभिन्न मुलुकको संयुक्त हितको संरक्षण गर्ने छ।

जानकारी तथा लेखहरु