फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हुपै र वुहानको अवश्य नै पुनरुत्थान हुने राष्ट्राध्यक्ष सी चिनफिङको विश्वास

(GMT+08:00) 2020-05-25 17:28:35

चीनको राष्ट्रिय दुई अधिवेशन हाल पैचिङमा चलिरहेको छ। हुपै र वुहान चीनको रोग निवारण र नियन्त्रण लडाईंको विजयी भएका ठाउँ हुन्। चीनका राष्ट्राध्यक्ष सी चिनफिङ मे २४ तारिख दिउँसो हुपै प्रतिनिधि मण्डलको सम्मेलन स्थलमा पुगेर लेखाजोखा कार्यक्रममा सहभागी हुनुभएको छ। त्यस क्रममा उहाँले हुपैका जनतालाई अभिवादन र कृतज्ञता प्रकट गर्नुका साथै हुपै र वुहानको रोग निवारण र नियन्त्रण तथा आर्थिक र सामाजिक विकासका लागि निर्देशन दिनुभएको छ।

बितेका केही महिनायता हुपै र वुहानको रोग निवारण र नियन्त्रण कार्यलाई चीनको प्राथमिकतामा राखिंदै आएको देखिन्छ। हुपै गएर तत्स्थानको लडाईंको निरीक्षण गर्ने केन्द्रीय निर्देशन टोलीलाई राष्ट्राध्यक्ष सीले अघिपछि गरी सयौं पटक महत्वपूर्ण निर्देशन दिनुभएको थियो।

निकै जटिल र अप्ठ्यारो प्रयासमार्फत वुहान र हुपैको रोग निवारण र नियन्त्रण लडाईंले हालसम्म निर्णायक प्रतिफल प्राप्त गरिसकेको छ। २४ तारिखको लेखाजोखा क्रममा सी चिनफिङले हाल हुपै सामु देखा परेको जरुरी कार्यभार के छ भने सक्दो प्रयासमार्फत रोग निवारण र नियन्त्रण तथा आर्थिक र सामाजिक विकास कार्यलाई मिलाउनुपर्ने कुरा औँल्याउनुभएको छ।

यसका अतिरिक्त विनाशकारी रोग र आकस्मिक सार्वजनिक स्वास्थ्य खतरालाई कसरी मेटाउने र सार्वजनिक स्वास्थ्यको प्रतिरक्षात्मक सञ्जाल कसरी बनाउने भन्ने विषय नै सी चिनफिङले लेखाजोखाका क्रममा चर्चा गर्नुभएको अर्को महत्वपूर्ण कुरा रहेको छ।

यस्तो कठिन अवस्थाबाट मुक्त भएको हुपै र वुहान अवश्य नै पुनरुत्थान हुनसक्ने विश्वास पनि सी चिनफिङले गर्नुभएको छ।

जानकारी तथा लेखहरु