फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

इन्टरनेटबाट गरिबी निवारण र कठिनाई जित्ने

(GMT+08:00) 2020-05-25 18:24:03

यस वर्षको राष्ट्रिय दुई अधिवेशन शुरु हुनुअघि राष्ट्रिय जन काँग्रेसका प्रतिनिधि एवम् सछ्वान प्रान्तको छाङ सी जिल्ला मातहतको यौ युन गाउँको पार्टी समितिका सचिव ली च्युनले केही छोटो भिडियो खिचेर इन्टरनेटमा राख्नुभएको छ। ती भिडियोमा गाउँका वृद्ध-वृद्धाहरूको हँसिलो अनुहार छायाङ्कन गरिएको छ। "ती भिडियो तात्तातो रहेकाले २० लाखभन्दा बढीले हेर्ने दर र हजारौंभन्दा बढी प्रशंसा र टिप्पणी पनि छाडिएको छ।" ली च्युनले भन्नुभयो: "धेरै मानिसले के बताएका छन् भने वृद्ध-वृद्धाको सुखले आफ्नो मनलाई छोएको छ।"

प्रतिनिधि ली च्युनले मे २५ तारिख दिउँसो दुई अधिवेशनका लागि तैनाथ "प्रतिनिधि मार्ग" शीर्षकको कार्यक्रममा सहभागी हुँदै खुसीसाथ उक्त जानकारी दिनुभएको हो। उहाँका अनुसार, नयाँ कोरोना महामारीको असर परेकाले उहाँले भिडियो खिच्ने र प्रत्यक्ष प्रसारण गर्ने तरिकामार्फत कार्यभार बहन गर्नका लागि फाइदाजनक राय-सुझाव सङ्कलन गर्नुभयो। किनभने इन्टरनेटको सदुपयोग गर्नु नै प्रतिनिधिहरूले सिर्जनशीलताका साथ आफ्नो कार्यभार बहन गर्ने एक किसिमको उपाय हो भन्ने ठहर उहाँले गर्नुभएको छ।

जानकारी तथा लेखहरु