फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"चीनले जिम्मेवारी लिनुपर्ने" नारा लगाएका पश्चिमा राजनीतिज्ञहरू बदमास

(GMT+08:00) 2020-05-25 18:53:59

"चीन लक्षित जथाभावी बदनामका भनाईमा कुनै तथ्यगत आधार नरहेको, कानूनी प्रमाण नरहेको र अन्तर्राष्ट्रिय उदाहरण नरहेकाले पूराका पूरै नक्कली र निराधार भनाई हुन्।" मे २४ तारिख दिउँसो आयोजित १३ औँ राष्ट्रिय जन काँग्रेसको तेस्रो अधिवेशनको पत्रकार सम्मेलनमा चीनको राज्य परिषद्का सदस्य एवम् परराष्ट्र मन्त्री वाङ यीले गम्भीरताका साथ उक्त कुरा औँल्याउनुभएको हो। जुन हालसम्म केही पश्चिमा जगतका राजनीतिज्ञहरूले उरालेको "चीनको जिम्मेवारी" को नारा र "चीनमाथि दोषारोपण" जस्तो राजनीतिक परिहासले सबैभन्दा गम्भीर खुला प्रतिक्रिया दिएको छ। "चीनको जिम्मेवारी माग" को नारा चर्काएका पश्चिमा राजनीतिज्ञ वास्तवमा कानूनी रूपमा अनाडी र बदमास हुन्।

विश्व स्वास्थ्य संगठनले बताएजस्तै भाइरस विश्वका जुनसुकै ठाउँमा उत्पन्न हुने सम्भावना हुन्छ। त्यसर्थ चीन यस पटक नयाँ कोरोना महामारीको पीडा भोग्ने प्रथम मुलुक हो। रोगको फैलावट हुन नदिनका लागि चीनले सबैभन्दा छोटो समयमा भाइरस सर्ने मार्ग विच्छेद गर्दै प्रभावकारी रुपमा रोगको द्रूत फैवावट प्रवृत्तिलाई नियन्त्रण गरिसकेको थियो।

वास्तवमा "चीनको जिम्मेवारी माग"को नारा र "चीनमाथि दोषारोपण" को राजनीतिक हास्य नाटकलाई विश्वका प्राय:जसो नामी विशेषज्ञ र संस्थाले मान्यता दिएका छैनन्। बरु ती निराधार भनाईबाट केही पश्चिमा जगतका राजनीतिज्ञको प्रभुत्ववादी विचारधारा र दोहोरो मापदण्ड स्पष्टसँग प्रतिबिम्बित गरिएको छ।

वर्तमान चीन १ सय वर्षअगाडिको चीन होइन। साथै वर्तमान विश्व १ सय वर्षअघिको विश्व पनि होइन। आफ्नो इज्जत र हितको संरक्षण गर्न चीन सक्षम रहेको छ। त्यसप्रति अमेरिकी लगायत पश्चिमा जगतका राजनीतिज्ञले कुनै गलत सोच-विचार लिनुहुँदैन।

जानकारी तथा लेखहरु