फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्रिय जन काँग्रेसका प्रतिनिधिका रुख काट्नेदेखि रुख रोप्ने सम्मका अनुभव

(GMT+08:00) 2020-05-25 18:55:17

राष्ट्रिय जन काँग्रेसका प्रतिनिधि, भित्री मंगोलियाको ता सिङ आन लिङको महत्वपूर्ण राष्ट्रिय वन व्यूरोका कामदार चौ यी चले वन क्षेत्रमा ४० वर्षसम्म काम गर्नुभयो। यस अवधिको अघिल्लो ३५ वर्षमा उहाँको मुख्य कार्यभार रुख काट्नु थियो। पछिल्लो ५ वर्षमा उहाँको मुख्य जिम्मा रुख रोप्नु तथा रुखको संरक्षण गर्नु रह्यो। यसका साथै उहाँको तलब पनि बढेको छ।

चौ यी चका अनुसार, धेरै वर्षअघि एउटा हिउँदे ऋतुमा २० हजार क्युविक मिटरको काठ काटिन्थ्यो। त्यस बेला चीनका विभिन्न ठाउँले उहाँकहाँ काठको किनमेल गर्न आउँथे। तथापि सन् २०१५को अप्रिल १ तारिखदेखि चीनले रुख काट्न बन्द गरेको थियो। अहिले वृक्षारोपण कार्य गरेपछि उहाँको आम्दानी पनि ठूलो मात्रामा बढेको छ। "हरियो वन तथा सफा पानी सम्पति हो" भन्ने कुरा उहाँले राम्रोसँग बुझ्नुभयो। काठ काट्न बन्द गरिएपछि पर्यावरणमा सुधार हुनुका साथै वन जंगलमा अरु बढी जनावरहरु पनि देख्न सकिन्छ।

चौ यी चले हरित विकास र पर्यावरणलाई प्राथमिकता दिनका लागि अरु बढी कामदारहरुले वृक्षारोपण कार्यमा भाग लिनसक्ने आशा गर्नुभयो।

जानकारी तथा लेखहरु