फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सिभिल कोडले गुणस्तरीय चिनियाँ शासनलाई अघि बढाउने

(GMT+08:00) 2020-05-25 19:09:57
चालू वर्षको चीनका दुई वटा अधिवेशनमा सिभिल कोड अर्थात् नागरिक संहिता मसौदा-पत्रमाथिको लेखाजोखा सबैभन्दा ध्यानाकर्षक विषयहरुमध्येको एक हो। सिभिल कोडको मसौदा-पत्रको लेखाजोखा पारित भएको खण्डमा त्यसलाई जन गणतन्त्र चीनको इतिहासमा "कोड"को नाममा दिइने पहिलो कानून हो। त्यसलाई सामाजिक जीवनको "ज्ञान भण्डार" तथा "निजामति अधिकारको संरक्षण गर्ने घोषणा-पत्र" मानिन्छ। चालू वर्ष सम्पन्न समाजको चौतर्फी रुपमा निर्माण गर्ने तथा "तेह्रौं पञ्च वर्षीय योजना" पूरा हुन लागेको पृष्ठभूमिमा सिभिल कोडले हरेक चिनियाँको जीवनमा गहिरो असर पार्नुका साथै मानव जातिको सभ्यताको प्रगतिका लागि चिनियाँ योगदान पुर्‍याउनेछ।

जन गणतन्त्र चीनको स्थापना हुँदा सिभिल कोडको सम्पादन राष्ट्रिय कार्यसूचिमा राखिएको थियो। तथापि अपरिपक्व वातावरणको कारण त्यसलाई रोकिएको थियो। चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं महाधिवेशनको चौथो पूर्ण बैठकमा चिनियाँ कम्युनिष्ट पार्टीले सिभिल कोड बनाउने महत्वपूर्ण जिम्मेवारी प्रस्तुत गरेको र पाँच वर्षपछि त्यसको सम्पादन पूरा भयो।

सिभिल कोड एउटा मुलुकको आर्थिक तथा सामाजिक विकासको साँचो प्रतिबिम्ब हुनुका साथै एउटा राष्ट्रको आत्माको संस्कृतिको प्रदर्शन पनि हो। सिभिल कोडको विषयबाट हेर्दा चीनको पहिलो सिभिल कोडको केन्द्र "जनतालाई प्राथमिक स्थानमा दिनु हो"। जसले चिनियाँ विशेषता, युगको विशेषता तथा जनताको इच्छा अभिव्यक्त गरेको छ।

सर्वप्रथम सम्पन्न समाजको चौतर्फी रुपमा निर्माण गर्ने लक्ष्य पूरा गर्न सिभिल कोड उपयोगी हुनेछ। दोस्रो, सिभिल कोड चीनले ऐन बमोजिम देशको शासन गर्ने द्योतकरुपी उपलव्धि हो। र अरु भन्दा महत्वपूर्ण कुरा भनेको सिभिल कोडले गुणस्तरीय विधायिकामार्फत चीनको व्यवस्थापन गर्ने प्रणालीको विकासलाई अघि बढाउने छ।

जानकारी तथा लेखहरु