फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

स्वतन्त्र थाइवान पक्षधरको दृढ प्रतिरोधः राष्ट्रिय जन काँग्रेसका अध्यक्ष ली चान शु

(GMT+08:00) 2020-05-29 18:49:11
"राष्ट्र पृथकतावाद प्रतिरोध ऐन"को कार्यान्वयन भएको १५ वार्षिकोत्सवको उपलक्ष्यमा मेइ २९ तारिख पैचिङमा एउटा गोष्ठीको आयोजना गरिएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका स्थायी सदस्य, राष्ट्रिय जन काँग्रेसका अध्यक्ष ली चान शुले यस गोष्ठीलाई सम्बोधन गर्दै स्वतन्त्र थाइवान पक्षधरको पृथकतावादी गतिविधिको दृढताका साथ प्रतिरोध गर्नुपर्ने, मातृभूमिको शान्तिपूर्ण एकीकरणलाई अघि बढाउनुपर्ने कुरामा जोड दिनुभएको छ।

राष्ट्रिय जन काँग्रेसका अध्यक्ष लीले "शान्तिपूर्ण एकीकरण, एक देश दुई व्यवस्था" राष्ट्रिय एकीकरणलाई साकार तुल्याउने सबैभन्दा उपयोगी तरीका हो भन्दै एक मात्र चीनको सिद्धान्तमा कायम मातृभूमिको शान्तिपूर्ण एकीकरणका लागि जग हो भन्नुभयो।

चीन र विदेशमा बसोबासरत चिनियाँहरुले विश्वासलाई बलियो पार्नुपर्ने, अथक प्रयास गर्नुपर्ने, मातृभूमिको एकीकरणलाई अघि बढाउनुपर्ने र राष्ट्रिय पुन: उत्थानको महान सपनालाई साकार तुल्याउनुपर्ने पनि उहाँले बताउनुभयो।

जानकारी तथा लेखहरु