फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

यस वर्षको सरकारी कार्य प्रतिवेदनमा ८९ वटा विषय संशोधन

(GMT+08:00) 2020-05-29 18:53:57
चीनको राज्य परिषद्को प्रेस कार्यालयले २९ तारिख पत्रकार सम्मेलनको आयोजना गरेको छ। त्यस अवसरमा सरकारी कार्य प्रतिवेदनको तर्जुमा टोलीका सदस्य एवम् राज्य परिषद्को अनुसन्धान कार्यालयको पार्टी समितिका सदस्य सुन को च्युनले सरकारी कार्य प्रतिवेदनको संशोधन अवस्थाबारे जानकारी दिनुभएको छ।

सुनका अनुसार, यस वर्षको प्रतिवेदनको सम्पूर्ण विषय बितेका वर्षको तुलनामा लगभग आधासम्म कम भएको र प्रतिनिधिहरूले सम्पूर्ण विषय थप्ने प्रस्ताव बढी भएको कारण जम्मा ८९ वटा विषयको संशोधन गरिएको छ। तीमध्ये दुई तिहाईका संशोधित राय-सुझाव जनजीवनसँग घनिष्ट सम्बन्ध रहेको छ।

उहाँका अनुसार, प्रतिनिधिहरूले सरकारी कार्य प्रतिवेदनबारे प्रस्तुत गरेका राय-सुझावहरू मुख्यत: जनजीवनको प्रत्याभूति, रोग निवारण र नियन्त्रण, लगानी र उपभोग्य, पर्यावरणीय र वातावरणीय संरक्षण र कृषि उत्पादन आदि विषयसँग सम्बन्धित रहेको छ। तीमध्ये प्रतिवेदनको आठौं भागको जनजीवनलाई प्रत्याभूति दिने र सुधार पार्ने भन्ने अङ्गमा जम्मा ३१ वटा विषय संशोधन गरिएको छ।

जानकारी तथा लेखहरु