फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हङकङमा देखिएको उत्तेजित दंगा अहिले अमेरिकामा

(GMT+08:00) 2020-06-01 20:11:44

अमेरिकाको मिनेसोटा राज्यमा एक अश्वेत नागरिकमाथि अमेरिकी श्वेत प्रहरीले हिंसात्मक दमन गर्दा मृत्यु भएको छ। त्यसपछि समस्त अमेरिकाका ७० भन्दा बढी शहरमा ठूलो मात्राको ध्वंशात्मक विरोध भएका छन्। केही प्रदर्शनकारीहरुले लुटपाट र आगजनी लगायतका हिंसात्मक कार्य पनि गरेका छन्। त्यस्तै दृश्य गत वर्ष हङकङमा पनि देखिएको थियो।

तर नाटकीय दृश्य पनि देखियो कि ती अमेरिकी राजनीतिज्ञहरूले हङकङको हिंसात्मक गतिबिधिलाई उत्तेजित बनाई त्यसलाई एक सुन्दर दृश्यको रूपमा लिँदै हङकङ हिंसालाई प्रजातान्त्रिक सेनानीको रूपमा चित्रण गर्ने काम गरेका थिए। संयम राखेर सभ्य रूपमा कानुन प्रवर्तन गरिरहेका हङकङ प्रहरीलाई बदनाम गरेकोबारे पूरै बिर्सेका छन् तर अमेरिकामा देखिने ती प्रदर्शनलाई दंगाको रूपमा राखेर सेना खटाएर व्यवस्थापन गरेका छन्। अमेरिकी राजनीतिज्ञले पहिला हङकङमाथि लगाएको आगो अहिले आफ्नै शरीरमा बल्दैछ।

जानकारी तथा लेखहरु