फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पोम्पेओ पश्चिमा मुलुकका लागि सच्चा धम्की

(GMT+08:00) 2020-06-02 20:33:17
आन्तरिक अराजकता मच्चिइरहँदा अमेरिकी इतिहासका सबैभन्दा खराब विदेशमन्त्री माइक पोम्पेओले अझ सकेसम्म झुठो बोलिरहनुहुन्छ। हाल फक्स न्युजलाई अन्तर्वार्ता दिँदै पोम्पेओले चीनले अमेरिका र पश्चिमी मित्रताबीचको हितमा हानी पुर्याइरहेको भनेर युरोपलाई त्रस्त पार्नुभयो साथै उहाँले युरोप र अमेरिकाले मिलेर चीनको प्रतिरोध गर्न पनि उक्साउनुभयो।

हजार पटक बोलेपनि झुठ त झुठ नै हो। वर्तमान महामारी संकटमा पोम्पेओले के कस्तो भूमिका निर्वाह गरेकोबारे युरोपेलीहरूले निकै छर्लङ्ग थाहा पाएका छन्। वास्तवमा राजनीतिक स्वार्थमा मात्रै चासो भएका अमेरिकी राजनीतिज्ञले युरोपको हितमा चासो राखेका छैनन्, यसबारे युरोपेलीलाई धेरै थाहा छ। तर महामारी नियन्त्रण गर्न विफल भएपछि पोम्पेओले अझै युरोपको प्रयोग गर्न खोज्नुभयो र मानवअधिकार, वाक् स्वतन्त्रता लगायत विषयलाई लिएर युरोपसँग घनिष्ठ बन्न खोज्नुभयो। तर उहाँले चीनमाथि गरेको बदनाम उहाँ आफैंसँग निकै मिल्छ।

जानकारी तथा लेखहरु