|
|
|
|||||||||
|
||

जुन ३ तारिख अमेरिकाको वालस्ट्रिट दैनिक अखबारमा चीनसँग अलग हुन अमेरिका तयार भएको छ कि भन्ने शीर्षकमा लेख प्रकाशित भएको छ। लेखले दुई देशबीचको आपूर्ति शृङ्खला र शिक्षा सम्पर्कलाई अवरुद्ध बनाउने गतिबिधिबाट अमेरिकाको प्रतियोगितात्मक क्षमतालाई ठूलो हानि पुग्ने चेतवनी अमेरिकी हार्डलाइनरले लिनुपर्ने दोहोर्याएको छ।

महामारी फैलिँदा केही अमेरिकी राजनीतिज्ञले आर्थिक अलग, चीनलाई औद्योगिक शृङ्खलाबाट हटाउनेलगायत भ्रम छरेर उत्तेजित बनाइरहेकाले वाल स्ट्रिट दैनिक अखवारले उक्त लेख प्रकाशित गरेको हो। अन्तर्राष्ट्रिय अर्थशास्त्रीहरूको विचारमा अमेरिकी व्यवसाय चीन छाड्न कठिन छ। वर्तमान विश्वको आपूर्ति शृङ्खला र औद्योगिक शृङ्खला विश्वका विभिन्न मुलुकले बजार वितरण र आपस सहयोग गरी बनेको हो। बजार आर्थिक नियमको आधारमा अन्तर्राष्ट्रिय व्यवसायले विश्वमा स्रोतको वितरण गर्छ र त्यसको लक्ष्य लाभ अधिकतमतालाई व्यवहारमा उतार्ने हो। सिंगापुर विश्वविद्यालयका प्राध्यापक चङ युङ न्येनका विचारमा वर्तमान अन्तर्राष्ट्रिय श्रम वितरणबाट अमेरिकी व्यवसायले सबभन्दा बढी लाभ पाएको छ भने चीनबाट अलग हुने र पूँजी तर्कबीच विपरीत देखिन्छ। साथै अमेरिकी व्यवसायका लागि ठूलो मात्रा र संभवना रहेको चिनियाँ उपभोक्ता बजार खेर जाने संभावना देखिनेछ। जुनसुकै व्यवसायले पनि यत्रो बजार छोड्नु मुस्किल छ।

अर्कोतिर विगत आधा शताब्दीमा अमेरिका औद्योगिक महाशक्तिबाट बैङ्किङलगायत सेवा उद्योगमा आधारित मुलुक बनेको छ। अतः पूर्वाधार र निर्माण उद्योगको दक्षताको ठूलो अभाव देखिन्छ। चीनबाट अलग भएपछि आफैँले निर्माण उद्योग विकास गरेमा अमेरिकाले श्रम पाउन पनि लगभग असंभव छ।
वालस्ट्रिटले लेखेको छ चीनको ठूलो बजारमाथि बेवास्ता गर्नु हुँदैन। यो त वास्तविकता हो साथै विश्व यो कुरामा सहमत पनि छ।
| © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |
|||||||||