फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनले नयाँ कोरोना भाइरसको खोप अनुसन्धानमा अन्तर्राष्ट्रिय सहयोगलाई सुदृढ पार्ने

(GMT+08:00) 2020-06-07 15:25:23

चिनियाँ राज्य परिषद प्रेस कार्यालयले जुन ७ तारिख "नयाँ कोरोना भाइरस विरुद्ध चीनको कार्य प्रगति" श्वेतपत्र प्रकाशित गरेको छ। चीनका विज्ञान तथा प्रविधि मन्त्री वाङ च काङले नयाँ कोरोना भाइरसको खोप अनुसन्धानले सुरक्षा र प्रभावकारितालाई महत्वपूर्ण स्थान दिनुपर्ने बताउँदै अन्तर्राष्ट्रिय सहयोगलाई सुदृढ पार्न आवश्यक रहेको बताउनुभयो।

उहाँले प्रारम्भिक चरणमा, चीनले सम्पूर्ण खोप अनुसन्धान प्रक्रियामा धेरै अन्तर्राष्ट्रिय सहयोग गरेको बताउँदै चीन र अन्य देशका वैज्ञानिकहरुले मानव स्वास्थ्यमा योगदान गर्ने आशा गरेको औँल्याउनुभयो। अर्को चरणमा, चिनियाँ खोपको विकास र चिकित्सकीय परीक्षणपछि प्रयोगको लागि तयार भएमा विश्वलाई सार्वजनिक उत्पादनको रूपमा प्रदान गर्ने पनि उहाँले बताउनुभयो।

जानकारी तथा लेखहरु