|
|
|
|||||||||
|
||

चीन सरकारले जुन ७ तारिख कोरोना भाइरस विरूद्ध चीनको कार्य प्रगति शीर्षकमा श्वेत पत्र प्रकाशित गरेको छ। चीनले महामारी विरूद्धको कठिन अवधिमा गरेको काम र प्रभावकारी उपायबारे सो श्वेतपत्रमा विस्तृतमा उल्लेख गरिएको छ।
३७ हजार अक्षर रहेको श्वेत पत्रले जनतालाई प्राथमिकतामा राख्ने विचार र सकेसम्म उपचार गर्ने धारणा देखाएको छ। साथै चीनले तीन महिनामा मात्र महामारी विरूद्धको ठूलो प्रगति पाएको सबभन्दा महत्वपूर्ण अनुभव पनि यही हो।
एक अर्ब चालीस करोड जनसंख्या रहेको ठूलो मुलुकको रूपमा चीनले छोटो समयमा महामारीको नियन्त्रण गर्न सक्यो भन्ने कुरा श्वेत पत्रले जवाफ दिँदै त्यसको प्रमुख कारण चिनियाँ कम्युनिष्ट पार्टीको दृढ नेतृत्व रहेको उल्लेख गरेको छ। महामारी फैलिएपछि चीनका शीर्ष नेता सी चिन फिङले जनताको सुरक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्ने दोहोर्याउनुभयो र आफैँले निर्देशन गरी तत्कालीन अवस्थाको आधारमा हुपै प्रान्त र वुहान शहरलाई बन्द गर्ने निर्णय गर्नुभयो। असामान्य अवस्थामा असामान्य कदम चाल्ने निर्णयबाट ठूलो मुलुकका नेताको रणनीतिक साहस, जिम्मेवारी र जनतामाथिको ध्यान देखिएको छ।

जनतामा निर्भर हुनु नै जनतालाई प्राथमिकतामा राख्ने विचारको अर्को अर्थ हो। महामारी फैलिएको सुरूमा नेता सीले महामारी विरूद्धको लडाइँलाई जनताको युद्धको रूपमा राखेर जनता साँच्चिकै बहादुर हुन् भन्नुभयो। श्वेत पत्रले महामारी विरूद्धमा समस्त चिनियाँहरू संलग्न हुने अवस्थाबारे जानकारी दिएर एक अर्ब चालीस करोड चिनियाँ जनताले चिनियाँ कम्युनिष्ट पार्टी र सरकारलाई उच्च विश्वास गरी आफ्नो राम्ररी संरक्षण गर्नु र अरूको संरक्षण गर्ने तथा राष्ट्रलाई योगदान गर्नेबीच बराबर भएको सहमतिमा कार्वाही गरेको देखाएको छ।
सबै कुरा जनतालाई हो भने जनतामा पनि निर्भर हो। चिनियाँ जनताले चिनियाँ कम्युनिष्ट पार्टीलाई अझ विश्वास गरेका छन् भने चिनियाँ प्रणालीलाई पनि अझ विश्वास गरेका छन्। महामारीलाई जितेर समयमै निश्चित विकास लक्ष्य पूरा गरी विश्वको विकासलाई नयाँ योगदान गर्नसक्ने चिनियाँ जनताको विश्वास रहेको छ।
| © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |
|||||||||