चीन सरकारले जुन ७ तारिख सार्वजनिक गरेको 'कोभिड-१९ विरूद्ध चीनको कार्वाही' श्वेत-पत्रमा चीनले गरेको कोभिड-१९ को प्रतिरोध तथा समय-तालिका र तथ्य तथ्याङ्कलाई विस्तृत रूपमा उल्लेख गरिएको छ। ती विषयहरूबाट चीनले गरेको महामारीको रोकथाम तथा नियन्त्रण खुलस्त तथा पारदर्शी भएको साथै विश्व सार्वजनिक स्वास्थ्य सुरक्षाको चीनको उच्च जिम्मेवारी पनि प्रतिविम्वित गरिएको छ।

कोरोना महामारी भएयता, चीनले खुलस्त तथा पारदर्शी रूपमा जिम्मेवारीबोध गर्दै महामारी विरूद्धका सिद्धान्त पालना गर्दै आएको छ। जिम्मेवारपूर्ण चीनले अन्तर्राष्ट्रिय समाजबाट व्यापक सराहना पाएको छ।
चीनको लागि पूर्व पाकिस्तानी काउन्सिलर जामिर अवानले यसरी मूल्याङ्कन गर्नुभयोः 'महत्वपूर्ण दस्तावेज श्वेत-पत्रमा चीनले महामारी विरोधी सम्पूर्ण प्रक्रिया तथा सम्बन्धित तथ्याङ्कलाई देखाएको छ जुन विश्वका अन्य मुलुक तथा क्षेत्रको लागि सबैभन्दा राम्रो दिशानिर्देशका रूपमा मानिनेछ।'

मै ३१ तारिखसम्म चीनको राज्य परिषदले १६१ पटक पत्रकार सम्मेलन आयोजित गरेको छ जसमा चिनियाँ तथा विदेशी पत्रकारद्वारा सोधिएका जम्मा गरी १४०० वटा प्रश्नको उत्तर दिइएको छ। प्रत्यक्ष प्रसारण जस्तै चीनको महामारी प्रतिरोध प्रक्रिया समय तथा इतिहासको परीक्षा पार गरिएको छ।

ती तथ्यहरूका बावजुद चीनमाथि हिलो छ्याप्न खोज्ने केही अमेरिकी राजनीतिज्ञहरूले कर्तव्यच्यूत भएर कुरूपता छोप्न झुठा प्रचार गर्दै चीनका कारणले आफ्नो देशको महामारी नियन्त्रणमा ढिलाइ भएका जस्ता गलत ओकलिरहेका छन्। ध्यान दिनुपर्ने कुरा के हो भने बितेका केही समययता, अमेरिकी आधिकारिक श्रोतले समेत भेटिएका सबैभन्दा पहिलो बिरामीको रेकर्डहरू पटक पटक परिवर्तन गरेको छ। जसबाट सन् २०१९को सेप्टेम्बरमा सरूवा रूघाका समयमा मृत्यु भएका केही बिरामीमा कोरोना थियो भन्ने कुरा अमेरिकी सरूवा रोग नियन्त्रण केन्द्रका प्रमुखले पहिले नै पुष्टि गरिसकेका छन्।
चीन भाइरसबाट प्रभावित मुलुक हो र विश्वमा महामारी प्रतिरोधमा योगदानकर्ता मुलुक पनि हो। दोष लगाउनुको सट्टा न्यायोचित व्यवहार चीनले पाउनुपर्छ। मानवजातिको साझा शत्रु भाइरसको सामना गर्दा अन्तर्राष्ट्रिय समाजले एक्यवद्धता देखाउनुपर्छ। झूठो बोल्ने ती अमेरिकी राजनीतिज्ञले मुख बन्द गरेर अमेरिकी नागरिकहरूको दुःख निवारणको काम थाल्नुपर्छ।