फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्व आर्थिक वृद्धिको नयाँ मौका हाइनान स्वतन्त्र व्यापार बन्दरगाह

(GMT+08:00) 2020-06-09 16:09:14

जुन ८ तारिख चीन सरकारले आयोजना गरेको पत्रकार सम्मेलनमा हालै सार्वजनिक 'हाइनान स्वतन्त्र व्यापार बन्दरगाह निर्माणको समष्टिगत योजना'बारे विस्तृत रूपमा व्याख्या गरिएको छ। कोभिड-१९ महामारीबाट विश्वको अर्थतन्त्र मन्द भएको र विश्वव्यापीकरणको उल्टो संरक्षणवाद बढ्दै गएको पृष्ठभूमिमा चीनले निर्धारित योजना अनुसार, वैदेशिक व्यापारलाई अझ खुला पार्दै जाने छ र बहुपक्षीयतावादको दृढ पालना गर्दै आर्थिक विश्वव्यापीकरणलाई अघि बढाउँदै जाने छ।

हाइनान प्रान्तमा स्वतन्त्र व्यापार बन्दरगाहलाई चीनको सुधार तथा खुलापन यताको सबैभन्दा उच्चस्तरीय खुलापनको ढोकाको रूपमा विकास गरिने कुरा सो पत्रकार सम्मेलनमा प्रकाश पारिएको छ।

उच्चस्तरीय खुलापनको रूपलाई सर्वप्रथम अन्तर्राष्ट्रिय उच्चस्तरको आर्थिक तथा व्यापारिक नियममा देखाइनेछ। व्यापार, लगानी, अन्तर्देशीय पूँजीको चल्ती, मानव आवतजावत, ढुवानी आदानप्रदान सम्बन्धि सुविधा प्रदान गरिने, डाटाको सुरक्षा तथा अनुशासित चल्ती हाइनान स्वतन्त्र व्यापार बन्दरगाहको निर्माण योजनामा उल्लेख गरिएको छ।

निर्धारित योजनाअनुसार, सन् २०२५ सम्म हाइनानमा नै व्यापारिक वातावरण चीनकै सर्वोच्च हुने र सन् २०३५ सम्म हाइनान स्वतन्त्र व्यापार बन्दरगाहलाई चीनमा खुला अर्थतन्त्रको नयाँ बिन्दुमा पुर्याइने छ।

यसका साथै अझ उच्चस्तरको खुलापनलाई चिनियाँ विशेषतायुक्त अवस्थाको नवीकरणमा देखाइनेछ। निर्धारित योजना बमोजिम, चालू वर्षमै हाइनान स्वतन्त्र व्यापार बन्दरगाहमा अन्तर्देशीय सेवारत व्यापारको नकारात्मक अर्थात् निषेधित सूची तर्जुमा गरिने छ जुन चीनमा अन्तर्देशीय सेवारत व्यापार सम्बन्धि पहिलो नकारात्मक सूची हुने छ।

ती क्षेत्रहरूबाट हेर्दा हाइनान स्वतन्त्र व्यापार बन्दरगाहको निर्माण योजनामा चीन नै उत्पादित वस्तु तथा सामग्रीको चल्ती सम्बन्धि खुलापनबाट अवस्था आधारित खुलापनसम्म परिणत हुँदै छ भन्ने स्पष्ट पारिएको छ।

हाइनान प्रान्तीय तथ्याङ्क व्यूरोले जनाएअनुसार, सन् २०२०को पहिलो त्रैमासिक अवधिमा हाइनान र आशियान तथा बेल्ट एण्ड रोड सम्बन्धि मुलुकबीच आयात निर्यात सामानको कूल परिमाण द्रूत गतिले वृद्धि भएको छ जुन हाइनान प्रान्तको कूल आयात निर्यात परिमाणको ८१.२ प्रतिशत पुगेको छ। जापान अन्तर्राष्ट्रिय व्यापार लगानी अनुसन्धान केन्द्रका प्रथम अर्थविद् नोरियोशी अहाराले यसरी विश्लेषण गर्दै भनेका छनः 'पूर्वी तथा दक्षिण-पूर्वी एशियाको आर्थिक चक्रको केन्द्रमा अवस्थित हाइनानको स्वतन्त्र व्यापार बन्दरगाहले विश्व अर्थतन्त्रको स्वस्थ विकासको संरक्षण गर्ने नमूना स्वरूप भूमिका निर्वाह गर्ने विश्वास छ।'

महामारीको प्रभावमा परेता पनि चीनले खुलापनको ढोका बन्द गर्दैन बरू अझै खुला गर्दै जान्छ। हाइननान स्वतन्त्र व्यापार बन्दगाहको निर्माणबाट चिनियाँ बजारको ध्यानाकर्षणलाई बढाउनुका साथै अन्तर्देशीय व्यवसायहरूको लागि अझ बढी विकास मौका प्रदान गरिने छ र विश्वको अर्थतन्त्र वृद्धिमा थप जीवन्त शक्ति थप्ने अनुमान गरिएको छ।

जानकारी तथा लेखहरु