|
|
|
||
कोरोना महामारी विश्वमा फैलिएको पृष्ठभूमिमा चीन लगायत विश्वका विभिन्न मुलुकहरूले सहयोग गर्दै मानवजाति प्रति महामारीबाट ल्याइएको प्रभावको संयुक्त सामना गरिरहेका छन्। तर केही अमेरिकी राजनीतिज्ञले अन्तर्राष्ट्रिय सहयोगका वाबजुद, अन्य मुलुकले महामारी प्रतिरोधमा गरेको प्रयासमा हिलो छ्याप्दै अमेरिका अग्रसर भन्ने उद्देश्य राखिरहेका छन्।
कोभिड-१९को खोपको अनुसन्धान तथा विकास सम्बन्धमा अरू मुलुकको वास्ता नगरी अमेरिकाले नम्बर एक भन्ने स्थानको नारा घन्काइरहेको छ। यसबारे चर्चा गर्दै नोबेल पुरस्कार बिजेता, अस्ट्रेलियाली विद्वान पिटर दोहर्थीले भनेका छन् कि पश्चिमी मुलुकका राजनीतिज्ञहरूले चीन लक्षित राजनैतिक कार्वाही निकै मूर्खतापूर्ण छ जसबाट स्वदेशलाई पृथक पारिएको साथै विश्वव्यापी सहयोगको पाइला पनि भङ्ग गरिएको छ।
वास्तवमा अमेरिकी सरकारले खोपको अन्तर्राष्ट्रिय अनुसन्धानको समर्थन नगर्नुका साथै अरू मुलुकको अनुसन्धान प्रतिफलमा आफ्नो हातमा घुसाउन खोजेको छ। चालू वर्षको मार्च महिनामा जर्मन संचारमाध्यमले जनाएको थिए कि अमेरिका सरकारले जर्मनीमा मुख्यालय राखिएको खोप उत्पादकलाई अमेरिकामा सारेर अमेरिकाको लागि मात्रै कोरोना खोपको अनुसन्धान तथा विकास गर्ने प्रस्ताव गरेको थियो।
महामारीको नियन्त्रणमा अमेरिकी राजनीतिज्ञले अरू मुलुकको हितको वास्ता नगरी तिनीहरूको आवश्यक महामारी विरोधी सामग्री समेत लुटेको छ।
साथै अमेरिकाले तुरून्तै ल्याटिन-अमेरिकी आप्रवासीहरूलाई अमेरिकाबाट हपारेको छ जसबाट ती मुलुकहरूको महामारी नियन्त्रणमा ठूलो खतरा ल्याइएको छ।
अमेरिकी राजनीतिज्ञहरूको कार्वाहीबारे चर्चा गर्दै टर्की आद्मलिक समाचारपत्र बोर्डका अध्यक्ष थुन्क आक्कोकले यसरी मूल्याङ्कन गरेका छन् कि सम्पूर्ण मानवजातिको सामु प्रकोप देखा पर्दा चीनले अगाडि आएर एउटा जिम्मेवारपूर्ण मुलुकको रूपमा काम गरिरहेको छ भने अमेरिकाका केही राजनीतिज्ञहरूले चीन तथा भाइरस सम्बन्धि झूठा हल्लाहरू फिँजाउन व्यस्त भइरहेका छन्, अरूको विचारलाई धमिलो पार्न खोजिरहेका छन्।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |