फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्व अर्थतन्त्र ह्रास हुने विश्व बैंकको प्रक्षेपण, चीनको अर्थतन्त्रमा निरन्तर वृद्धितर्फ

(GMT+08:00) 2020-06-12 16:18:26

विश्व बैंकले हाल सार्वजनिक गरेको "विश्व अर्थतन्त्रको आउटलुक"अनुसार, कोरोना भाइरस महामारीका कारण विश्व अर्थतन्त्रमा दोस्रो विश्व युद्धयताको सबैभन्दा गम्भीर ह्रास देखापर्नेछ। चालू वर्ष विश्व अर्थतन्त्रमा ५.२ प्रतिशत ह्रास हुने अनुमान गरिएको छ। तर विश्व बैंकले चीनको अर्थतन्त्रले वृद्धिको प्रवृत्तिलाई निरन्तर रुपमा कायम राख्ने कुरा बताएको छ। धेरै विदेशी सञ्चार-माध्यमले चीनको अर्थतन्त्र पुनरुत्थानको अवस्थामा रहँदैआएको कुरा जनाएका छन्।

विश्व बैंकका अर्थशास्त्री आयहान कोसले कोरोना भाइरस महामारीबाट हुने आर्थिक गिरावट इतिहासमै अभूतपूर्व ठानिने भएकाले आगामी दिनमा आर्थिक वृद्धिको अनुमान घटाइने कुरा बताउनुभयो।

विश्व बैंकको अनुमानअनुसार, चीन र एशिया-प्रशान्तका अरु मुलुकहरूले दोस्रो चरणको महामारीबाट जोगिनसक्ने हो भने आर्थिक गतिविधि सामान्य हुने र विश्वको लकडाउन रद्द हुनुका साथसाथै चीनको अर्थतन्त्रमा सन् २०२०मा निरन्तर रुपमा वृद्धि हुने छ।

अमेरिकी उपभोक्ता संचार तथा वाणिज्य च्यानलले जुन ८ तारिख जनाएअनुसार, विश्वका धेरै मुलुकहरूको अर्थतन्त्रमा महामारीबाट असर परेको छ। तर केही थोरै मुलुकको अर्थतन्त्रले वृद्धिलाई कायम राख्नेछन् र चीन ती मुलुकहरूमध्येको एक हो।

रोयटर्सले केही दिनअघि जनाएअनुसार, महामारी पश्चात् चीनको अर्थतन्त्रले स्थिर रूपमा विकासको बाटो समातिरहेको छ।

अमेरिकी केबल समाचार नेटवर्क अर्थात् सीएनएनले जुन ८ तारिख जनाएअनुसार, धेरै क्षेत्रबाट हेर्दा चीनको अर्थतन्त्रमा पुनरुत्थानको प्रवृत्ति देखिएको छ।

जानकारी तथा लेखहरु