फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ उद्योग-व्यवसायहरूद्वारा विश्व महामारी प्रतिरोधका लागि सहायताः अमेरिकी सञ्चार-माध्यमहरु

(GMT+08:00) 2020-06-12 17:02:40

समाचार संस्था एसोसिएटेड प्रेस अर्थात् एपीले "चिनियाँ उद्योग-व्यवसायहरूद्वारा विश्व महामारीको प्रतिरोध गर्नका लागि सहायता" शीर्षकको लेख प्रकाशित गरेको छ। जनाइएअनुसार, यस पटकको महामारीमा चीनको वाणिज्य क्षेत्रका प्रतिनिधिहरूले अमेरिका, यूरोप, जापानका उद्योग-व्यवसायीहरुसँग विश्व महामारीको प्रतिरोधका लागि मानवीय सहायता दिएका छन्।

चीनले हाल "कोरोना भाइरस महामारीका विरुद्ध चीनको कारवाही" शीर्षकको श्वेत पत्र सार्वजनिक गरेको छ। उक्त श्वेत पत्रअनुसार, चीनले बाह्य चिकित्सा सहायता दिएको छ। गत मे ३१ तारिख चीनको क्षेत्रीय सरकार, उद्योग-व्यवसाय, गैरसरकारी संस्था, व्यक्तिगत विभिन्न माध्यममार्फत् १५० वटा मुलुक, क्षेत्र र अन्तर्राष्ट्रिय संगठनलाई महामारी विरुद्धका सामग्री चन्दा दिएका छन्।

एपीको लेखअनुसार, चीनको अलिबाबा समूहका संस्थापक मा युनले गत अप्रिल महिनामा न्यूयोर्कलाई हस्तान्तरण गरिने एक हजार वटा भेन्टिलेटरका लागि शूल्क तिर्नुभएको थियो। मा युन कल्याणकारी कोषले पनि अफ्रिका, ल्याटिन अमेरिका, एशियामा भेन्टिलेटर, मास्क र अरु सुरक्षा सामग्री उपलब्ध गराएको छ।

चीनको भिडियो सेवा कम्पनी तौ यिनले २५ अर्ब अमेरिकी डलर सहायता दिने प्रतिवद्धता जनाएको छ। चीनको थङ स्युन कम्पनीले १ अर्ब अमेरिकी डलरको सहायता दिने प्रतिवद्धता गरेको र अमेरिका लगायतका पन्ध्र वटा मुलुक तथा क्षेत्रलाई मास्क र अरु सुरक्षा सामग्री चन्दा दिएको छ। चीनको चिन्तुङ कम्पनीले बेलायतका अस्पतालहरूलाई ५० वटा भेन्टिलेटर र ५० लाख वटा मास्क उपलब्ध गराइसकेको कुरा बताएको छ।

"कोरोना भाइरस महामारीको विरुद्ध चीनको कारवाही"शीर्षकको श्वेत पत्रअनुसार, चीनको महामारीको रोकथाम तथा नियन्त्रण अवस्था सबैभन्दा अप्ठ्यारो अवधिमा अन्तर्राष्ट्रिय समाजले चीन र चिनियाँ जनतालाई मूल्यवान समर्थन र मद्दत दिएको छ। चीन अरुको मद्दतमा याद गरिने मुलुक हो। चीनले अन्तर्राष्ट्रिय समाजलाई महामारीको प्रतिरोध गर्नका लागि सक्रियताका साथ समर्थन दिएको छ।

जानकारी तथा लेखहरु