फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कोरोना महामारीबाट 'अमेरिकी मानव अधिकार' क्षेत्रमा गम्भीर संकट

(GMT+08:00) 2020-06-12 17:08:45

चीन मानवअधिकार अनुसन्धान संघले जुन ११ तारिख ''कोरोना महामारीबाट 'अमेरिकी मानव अधिकार' स्पष्ट रूपमा संकटमा फस्दै'' शीर्षक लेख सार्वजनिक गरेको छ।

अमेरिकी सरकारले महामारीको सामना गर्दा अदूरदृष्टि देखाएको, कार्यकुशलता नभएको र गैर-जिम्मेवार भएको कारणले २० लाख जना अमेरिकी नागरिकलाई कोभिड-१९ संक्रमित भएका छन् र ११ हजार जनाको मृत्युभएको सो लेखमा उल्लेख गरिएको छ। साथै अमेरिकामा लामो समयसम्म विद्यमान सामाजिक विभाजन, धनी र गरिब बीचको अन्तर, जातिय विभेद, कमजोर समूहको हक-अधिकारको अपुग प्रत्याभूति लगायत विविध समस्याहरू चर्को बन्दै गइरहेका छन्। जसबाट अमेरिकी सर्वसाधारणहरू मानवअधिकारको अझ गम्भीर कहरमा फसेको पनि सो लेखमा औंल्याइएको छ।

केही अमेरिकी राजनीतिज्ञहरूले जनताको प्राण तथा स्वास्थ्यको प्रत्याभूतिलाई प्राथमिकता दिनुको सट्टा महामारी राजनैतिक विपक्षीलाई प्रहार गर्ने हतियार बनाउँदै निर्वाचनमा फाइदा लिन खोजिरहेका छन्।

अमेरिकी समाजमा चर्कँदै गइरहेको जातिय असमानताबारे चर्चा गर्दै सो लेखमा यसरी लेखिएको छः एशियाली मूलका अमेरिकी नागरिकहरूमाथि गम्भीर रूपमा हिलो छ्यापिएको छ। साथै जातिवादी हिंसात्मक घटनाहरू पनि बारम्बार देखा परेका छन् जसबाट महामारीमा तनावपूर्ण सामाजिक वातावरण सिर्जना गरिएको छ।

सम्पूर्ण मानवजाति तथा भाइरस बीचको यसै संघर्षमा अमेरिकी सरकारले महामारीको नियन्त्रणमा ध्यान नदिइकन प्रभुत्ववादी लठ्ठी हल्लाउँदै आफ्नो जिम्मा अरूमाथि पन्छाउन खोजिरहेको छ जसबाट महामारीको सामना गर्दा अन्तर्राष्ट्रिय समाजको ऐक्यवद्धता तथा सहयोगलाई गम्भीर रूपमा क्षति पुर्याइएको पुष्टि पनि सो लेखमा गरिएको छ।

जानकारी तथा लेखहरु