फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

धार्मिक स्वतन्त्रताको चर्चा गर्ने आँट पोम्पेओको छ र?

(GMT+08:00) 2020-06-12 20:57:28

अमेरिकी विदेश मन्त्रालयले हालै कथित 'विश्वको धार्मिक स्वतन्त्रता प्रतिवेदन २०१९' सार्वजनिक गरेको छ। सो प्रतिवेदनमा चीनको धार्मिक नीतिको बदनाम गरिएको छ। सोही दिन आयोजित पत्रकार सम्मेलनमा अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले चीनका धर्महरूको बारेमा फेरि एक पटक झूठो बोल्नुभयो। अमेरिकी सरकारले स्वदेशमा भएका जातिय विभेद विरोधी जुलुस प्रदर्शनीको हिंसात्मक दमन गरेको साथै विदेशमा फरक धर्म मान्नेहरूबीचको घृणा बढाइरहेका बेला पोम्पेओले मानवअधिकारवादी गुरूको मास्क लगाएर अरू देशको धार्मिक नीतिबारे झूठो कुरा बनाइरहनुभएको छ।

कथित 'धार्मिक स्वतन्त्रता'को नाउँमा अरू देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्नु नै अमेरिकी सरकारले प्रभुत्ववाद फैलाउँदा प्रयोग गरेको सामान्य तरीका हो। तर पोम्पेओले हरेक पटक यसै विषयबारे चर्चा गर्दा विश्वसामु उहाँ कपटी र निर्लज्ज भएको तथा अमेरिकाको दोधारे मापदण्डलाई फेरि देहोर्याएको देखिनेछ। लामो समय यता, अमेरिकामा गम्भीर धार्मिक द्वन्द्व तथा जातिय विभेद विद्यमान नै छ। प्यु रिसर्च सेन्टरले गत वर्षको मार्चमा सार्वजनिक गरेको एक सर्भेक्षणले जनाए अनुसार, सर्भेक्षणमा भाग लिएका ८२ प्रतिशतले मुसलमानहरू अमेरिकामा विभेदको शिकार भएको ठहर गरेका थिए भने ६४ प्रतिशतले यहुदीहरूले अमेरिकमा जातियभेदको सामना गरिरहेका विचार व्यक्त गरेका थिए। साथै अमेरिकामा अति हिंसात्मक यहुदी विरोधी गतिविधिहरू विद्यमान रहेको कुरा संयुक्त राष्ट्र संघको प्रतिवेदनमा पनि उल्लेख गरिएको छ।

यता चीनको धार्मिक नीति तथा विश्वास स्वतन्त्रता अवस्था के कस्तो छ? ती अमेरिकी राजनीतिज्ञहरूले सबैभन्दा मन पर्ने चर्चाको विषय सिन्च्याङबाट हेरौं। गत वर्षको अक्टोबरमा संयुक्त राष्ट्र संघको महासभामा मानवअधिकार समस्याको लेखाजोखा गर्दा ५४ वटा मुलुकले सिन्च्याङ युगुर स्वायत्त प्रदेशमा चालिएका आतंकवाद प्रतिरोधी तथा उग्रवाद विरोधी कदमहरू निकै प्रभावकारी भएको सकारात्मक मूल्याङ्कन गरे र सिन्च्याङमा रहेका विभिन्न जातिहरूको आधारभूत मानवअधिकारको प्रभावकारी प्रत्याभूति दिइएको ठहर गरे। यसो हेर्दा अन्तर्राष्ट्रिय समाजले वास्तविक अवस्था र झूठो कुरालाई छुट्याउन सक्छ।

महामारी प्रतिरोधमा विफल भएको अमेरिकामा ११ हजार जनाले ज्यान गुमाएका छन् र जातिभेद विरोधी जुलुस प्रदर्शनीको लहर अमेरिकाभरि देखिन्छ। ती तथ्यबाट के देखाइएको छ भने अमेरिकाले एउटा विशाल मानवीय कहरको सामना गरिरहेको कुरा स्पष्ट देखिन्छ। यस्तो नतिजाको जिम्मा पोम्पेओहरूले लिनुपर्छ।

जानकारी तथा लेखहरु