फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आगामी ३ दिन पैचिङमा संक्रमितको संख्याबाट महामारी विकास प्रवृत्तिको निर्णय हुने‌

(GMT+08:00) 2020-06-16 15:31:42

 चीनको रोग निवारण र नियन्त्रण केन्द्रका सरुवा रोगसम्बन्धी प्रथम विशेषज्ञ ऊ चुन यौले जुन १५ तारिख केन्द्रीय टेलिभिजनको "प्रेस १ प्लस १" भन्ने कार्यक्रमलाई विशेष अन्तर्वार्ता दिनुभएको छ।

अन्तर्वार्ताको क्रममा विशेषज्ञ ऊले यस पटक पैचिङ सिन फा ती बजारमा देखा परेको महामारीको उद्गमका दुईवटा सम्भावना रहेको जानकारी दिनुभयो। उहाँका अनुसार, ती दुईवटा सम्भावनामध्ये एक प्रदुषित माल सामानमार्फत भाइरसले पैचिङमा प्रवेश गरेको छ। र अर्को सम्भावना संक्रमण गरिएका मानिसमार्फत फैलावट गरिएको छ। माल सामानबाट कि मानिसबाट संक्रमित गरिने निष्कर्ष निकाल्नका लागि हाल सम्बद्ध विभागले अझ बढी तथ्याङ्क सङ्कलन गरिरहेको छ।

विशेषज्ञ ऊका अनुसार, संक्रमितलाई फेला पारिएको र संक्रमण अवस्था देखा परेको समय सम्भवत: गत मे महिनाको अन्त्यतिर रहेको छ। लगभग दुई महिना नयाँ संक्रमित देखा नपरेको अवस्थामा आकस्मिक रुपमा नयाँ महामारी अवस्था देखा परेको सबभन्दा ठूलो सम्भावना के छ भने विदेश अथवा पैचिङ बाहिरका क्षेत्रबाट भाइरसलाई पैचिङमै ल्याइएको हो।

आगामी ३ दिन पैचिङमा प्रतिवेदन गरिने संक्रमितको संख्याबाट महामारी विकास हुने प्रवृत्तिको निर्णय गरिने ठहर पनि विशेषज्ञ ऊले गर्नुभएको छ।

जानकारी तथा लेखहरु