फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सीले चीन-अफ्रिका महामारीको रोकथाम सम्मेलनको अध्यक्षता गर्नुहुने

(GMT+08:00) 2020-06-16 16:28:27
चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले चीनका राष्ट्राध्यक्ष सी चिन फिङले जुन १७ तारिख पैचिङकमा आयोजना हुने चीन-अफ्रिका महामारीको संयुक्त रोकथाम सम्मेलनको अध्यक्षता गर्नुका साथै महत्वपूर्ण सन्बोधन गर्नुहुने बताउनुभयो। जुन १६ तारिख बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता ह्वाले उक्त जानकारी दिनु भएको हो।

चीन-अफ्रिका महामारीको संयुक्त रोकथाम सम्मेलन चीन, दक्षिण अफ्रिका र सेनेगलले संयुक्तरूपमा आयोजना हुनेछ। सम्मेलन भिडियोमार्फत आयोजना हुने पनि बताइएको छ। अफ्रिकी संघको शिखर सम्मेलनको सदस्य मुलुक, अफ्रिकाको महत्वपूर्ण उपक्षेत्रको मुख्य मुलुक लगायतका अरू अफ्रिकी मुलुकका नेताहरू तथा अफ्रिकी संघ समितिका अध्यक्ष सो सम्मेलनमा सहभागी हुनुहुनेछ। यस बाहेक संयुक्त राष्ट्र संघका महासचिव एवं विश्व स्वास्थ्य संगठनका महानिर्देशक विशेष अतिथिको रूपमा सो सम्मेलनमा सहभागी हुनुहुने जनाइएको छ।

जानकारी तथा लेखहरु