फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विदेशी व्यवसाय चीनको अर्थतन्त्रबाट अलग हुन अनिच्छुक

(GMT+08:00) 2020-06-16 16:59:18

नयाँ कोरोना महामारीको असर परेकाले विश्व अर्थतन्त्र र अन्तर्राष्ट्रिय व्यापार सामु अधिकांश कठिनाई आइपरेको देखिन्छ। केही मानिसले चीनको अर्थततन्त्रबाट अलग हुने भनाइको प्रचार-प्रसार गरेका छन्। न्यूयोर्क टाइम्सले जुन १५ तारिख "चीनको अर्थतन्त्रबाट अलग हुने इच्छा छ? तीनवटा व्यवसायका उत्तर" शीर्षकमा लेख प्रकाशित गरेको छ। त्यस लेखमा भनिएको छ: चीनको आर्थिक शक्ति यथावत् रुपमा पूरै विश्वको अर्थतन्त्र लगातार अधोगति हुँदै आएको अवस्थालाई जोगाउने अन्तिम आशा भएकाले विदेशी व्यवसायहरू चीनको अर्थतन्त्रबाट अलग हुन इच्छुक रहेका छैनन्।

उक्त लेखले चिनियाँ बजारमा भर परेका तीनवटा विदेशी व्यवसायका आ-आफ्नो विशेषता र फरक अनुभवको विश्लेषण गर्नुका साथै चिनियाँ बजारको महत्व र आवश्यकतामा जोड दिएको छ।

अन्तर्राष्ट्रिय मुद्रा कोष संगठनको प्रतिवेदनले जनाए अनुसार, चीन सन् २०२० मा आर्थिक बृद्धि हुने लक्ष्यलाई साकार तुल्याउने थोरैजसो मुलुकमध्येको एक हुनेछ।

जानकारी तथा लेखहरु